रौतहटमा गोली प्रहारबाट एक युवतीको हत्या

डिसी नेपाल
२७ कार्तिक २०७७ ८:३६

काठमाडौं। रौतहटमा माधवनारायण नगरपालिकामा एक युवतीको गोली हानि हत्या भएको छ। गए राति एक विवाहित युवतीको गोली हानि हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोलका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। हत्या कसले गरेको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन।

युवतीकी आमा घरबाट बाहिर शौचालय गएको मौका छोपी राति करिब ११ बजे अज्ञात समूह साहको घरमा पसी युवतीको कन्चटमा गोली प्रहार गरेको हो। गोली लागेपछि ढलेकी युवती साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसित भएको थियो। गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै रहँदै आएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *