टी–२० क्रिकेटको कप्तानमा विराटलाई हटाएर रोहितलाई राख्न माग

डिसी नेपाल
२७ कार्तिक २०७७ ११:२६

काठमाडौं । क्रिकेटरबाट राजनेता बनेका भारतीय पूर्व खेलाडी गौतम गम्भीर र ईङल्यान्डका पूर्व क्रिकेटर माईकल वोनले भारतीय टी–२० टोलीको कप्तान रोहित शर्मालाई बनाउन आग्रह गरेका छन । पूर्व भारतीय क्रिकेटरले गम्भीरले रोहितलाई टी–२० को कप्तान भने, “यदि रोहितलाई टी–२० को कप्तान बनाईएन यो एकदमै लज्जास्पद कुरा हुनेछ ।”

रोहितको अगुवाईमा आईपीएल फ्रेन्चाईजी टोली मुम्बई ईन्डियन्सले ५ औ पटक आईपीएलको उपाधि जितेको छ । आईपीएल २०२० को फाईनलमा रोहितले चतुराईका साथ कप्तानी गर्दे अर्धसतक प्रहार गरेका थिए । उनी हाल अहिले भारतको सिमित ओभरको क्रिकेटमा उपकप्तानको रुपमा रहेका छन । गम्भीरले रोहितलाई कप्तान नबनाउदा रोहित भन्दा पनि भारतीय टोलीलाई घाटा हुने बताएका छन । उनले भने, “हामी सबैले धोनीलाई भारतको सफल कप्तानको रुपमा मान्छौ किन ? किनभने उनको अगुवाईमा भारतीय टोलीले २ विश्वकप र तिन आईपीएल उपाधि जितेको छ ।” गम्भीरले भने, “रोहितले ५ पटक आईपीएल उपाधि जिताएका छन, उनी आईपीएल ईतिहासकै सबैभन्दा सफल कप्तान मध्ये एक हुन । भविष्यमा यदि रोहितलाई सिमित ओभरको कप्तान नबनाएमा भारतको लागि लज्जास्पद हुनेछ ।” टी–२० प्रारुपको क्रिकेटमा रोहितलाई समर्थन गर्दे ईङल्यान्डका पूर्व क्रिकेटर माईकल वोनले भने, “रोहित निःसन्देह टी–२० क्रिकेटको कप्तान हुनुपर्छ । उनीसँग टोलीलाई कसरी खेल जिताउने भन्ने क्षमता छ, यसबाट विराटलाई पनि सजिलो हुनेछ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *