रासायनिक मल उद्योगबारे अध्ययन गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति

डिसी नेपाल
२७ कार्तिक २०७७ १९:००

काठमाडौं। सरकारले रासायनिक मल उत्पादन कारखाना खोल्नेबारे अध्ययन गर्नका लागि उच्चस्तरिय अध्ययन समिति बनाएको छ।

मन्त्रिपरिषद् बैठकले देशमै मल उत्पादन गर्ने कारखाना स्थापना गर्न अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसाल सदस्य रहेको समिति गठन गरेको हो।

हरेक वर्ष खेती गर्ने सिजनमा रासायनिक मल अभाव बढ्दै गएपछि सरकारले आफै उद्योग खोल्नका लागि अघि सरेको हो।

यस वर्षपनि मल अभाव भएपछि सरकारले अन्तिम समयमा छिमेकी राष्ट्र बंगलादेशसँग पैचोमा मल मागेको थियो। तर पैचोमा मागेको मल पनि नआएपछि सरकारले आफै कारखाना खोल्न उच्चस्तरिय अध्ययन समिति बनाएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

यसैगरी सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा १२ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ।

प्रवक्ता गुरुङले पुस्तकको आयात लगायतमा लागेको कर घटाउने, ७५३ स्थानीय तहमा रहेका युवा स्वरोजगार संयोजक मार्फत बेरोजगारहरुको तथ्याक संकलन गर्ने, सार्वजनिक खर्चमा मितब्यतिता गर्ने मापदण्ड स्वीकृत गर्ने र चिया निर्यातका लागि १७ करोड १५ लाख अमेरिकी डलर अनुदान स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *