मैत्रीपूर्ण खेलमा ईङल्यान्डद्वारा आयरल्यान्ड पराजित

डिसी नेपाल
२८ कार्तिक २०७७ १४:४४

काठमाडौं । मैत्रीपूर्ण खेलमा ह्यारी म्यागवायर, जादोना सान्चो र डोमिनीक क्लेवर्ट लेविनको एक–एक गोलको मद्दतमा ईङल्यान्डले आयरल्यान्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ । वेम्बले स्टेडियममा बिना दर्शक भएको खेलमा बोरुसिया डर्टमन्टका लागि खेल्ने १७ बर्षीय युवा मिडफिल्डर जुड बलिन्गमले खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै ईङल्यान्डका लागि पहिलो गोल गरे ।

ह्यारी केनलाई बिश्राम दिईएपछि युनानमा एक कानुनी झमेलामा परेर मुक्त भएका म्यागवायरले टोलीबाट निकालिएपछि पहिलो पटक ईङल्यान्डका लागि कप्तानी गरेका थिए । खेलको १८ औं मिनेटमा म्यान्चेस्टर युनाईटेडका डिफेन्डर ह्यारीले आफुतर्फ आएको बललाई कस्र गर्दे हेडिङ मार्फत ईङल्यान्डको लागि दोस्रो गोल गरे । उनले २०१८ विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । ईङल्यान्डका लागि खेलको ३१ औं मिनेटमा सान्चोले तथा ५६ औं मिनेटमा क्लेवर्ट लेविनले पेनाल्टी मार्फत गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *