दोस्रो हाफको खेल सुरु (लाईभ) : नेपाल १–० ले पछाडी

डिसी नेपाल
२८ कार्तिक २०७७ १७:५२

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल १–० गोल अन्तरले पछाडी रहेको छ । बङलादेशको ढाकामा सुरु भएको खेलमा नेपालले घरेलु टोली विरुद्व खासै राम्रो खेल पस्कन सकेको छैन । नेपाल गोल गर्ने केही राम्रा अवसरहरु पाएपनि त्यसलाई सदुपयोग गर्न सकेको छैन ।

आजको खेलमा विकाश खवासले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरेका छन भने भरत खवासलाई बेन्चमा राखिएको छ । नेपालको सुरुवाती ११ मा सुमन अर्याल, अजित भण्डारी, अनन्त तामाङ, विकाश खवास, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, रवि पासवान, अञ्जन विष्ट, र नवयुग श्रेष्ठ रहेका छन । खेलको १० औं मिनेटमा नेपालले पहिलो गोल खाएको छ । खेलमा बङलादेश १–० ले अगाडी रहेको छ । पहिलो हाफको खेल सकिदा नेपाल बङलादशेसँग १–० गोल अन्तरले पछाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *