सुनील थापा काँग्रेस सहमहामन्त्री
काठमाडौं। राप्रपाबाट काँग्रेस प्रवेश गरेका सुनील थापा सहमहामन्त्री मनोनित भएका छन्। काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले थापालाई सहमहामन्त्रीमा मनोनित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
थापा गएको साउनमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए। त्यतिबेला नै थापालाई सहमहामन्त्री बनाउने सहमति भए पनि कोरोना र पार्टी भित्रको विवादका कारण केन्द्रीय कार्यसमिति बैठक बस्न ढिलाई भएपछि रोकिएको थियो। अन्य छजनालाई केन्द्रीय सदस्य बनाउनेसमेत बैठकमा निर्णय भएको जनाइएको छ। रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), वावुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) र टि.एन. योगी (ललितपुर) केन्द्रीय सदस्य मनाेनित भएका छन्। यस्तै दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु) आमन्त्रित केन्द्रीय सदस्य मनाेनित भएका छन्।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील दलबलसहित काँग्रेस प्रवेश गरेका थिए। बाबुको निधनपछि राप्रपामा किनारा लाग्दै गएका थापाले कााग्रेस प्रवेशलाई घरफिर्ती भनेका थिए। कुनैबेला सूर्यबहादुर थापा पनि काँग्रेसमै थिए। तर, २०१७ को राजनीतिक कूपछि थापा राजावादी बनेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment