कविता: अदृश्य ईश्वरको नाममा

डिसी नेपाल
६ मंसिर २०७७ ७:२६
104
Shares

तिमी अदृश्य छौ
हामीलाई थाह छ
तिमी एकान्तप्रेमी छौ
हामीलाई थाह छ

तर पनि तिमीलाई भेट्न
हुलका हुल मान्छे
तिम्रै पछि पछि
सधै दौडिरहेका छन्
हात हातमा अबिर अक्षता र फूल बोक्दै

तिमीले बनाएका
हामी फगत मान्छेहरू
तिमी भेटिएको भ्रममा
मन्दिर बनाउँछौ
मस्जिद बनाउँछौ
गुम्बा बनाउँछौ
चर्च बनाउँछौ
र,
म र मेरो ईश्वर ठूलो भएको भ्रम छर्छौ
त्यसरीनै तिम्रै नाममा हामी
आ-आफ्नो अस्तित्वको युद्ध शुरू गर्छौ

युगौ देखि चलिरहेको यो वाक युद्ध
तिमीले देखिरहेका छौ कि छैनौ

तिमीले गरेका युद्धका कथामा
हामीले उत्सव मनाईरहेकाछौ

आफ्नो आस्थाको खातिर
मठ मन्दिर गुम्बा बनाई रहेकाछौ
लाग्छ तिम्रो खोजीमा लागेका
हाम्रा पाईलाहरू भौतारी रहेका छन्
तिमीलाई भेट्ने आशमा

अझै कति खोज्नु हो तिमीलाई
युगौ युगसम्म नभेटिएका
हे प्रिय ईश्वर
अब हामीले तिमीलाई भेट्ने
एउटा प्रण गरेर
कविताको यात्रा छेडेकाछौ
जेसुम यात्रा

सुन यो यात्रामा तिम्रा
सबै सबै अनुयायीहरू हुनेछन्
तिम्रो खोजमा तिम्रा तस्बिरहरू बन्ने छन्
तिम्रै नाममा छेडिएका युद्ध रोकिने छ
मानवीय संवेदनाका पक्षमा
सबै उभिने छन्
तिम्रै मठ मन्दिरमा तिम्रा तस्बिरहरू
टागिने छन्
कविताहरू लेखीने छन्
संस्कृतिहरू बचाईरहनेछन्
आस्थाका पहाडहरू चुलिई रहने छन्

यस्तै सुनसान ठाउँमा तिम्रो तपस्या भंग नहोस भनेर
हामी पनि सुनसान बसेर कविता कोरिरहेका हुनेछौ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *