राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

डिसी नेपाल
११ मंसिर २०७७ १५:३८
500
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार तीन बजे राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका थिए।

राष्ट्रपति कार्यालय स्रोतले सरकारको काम कारवाहीका विषयमा नियमित छलफल गर्न प्रधानमन्त्री शितल निवास गएको बताएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार डा. टीका ढकालले भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको अस्वीकार गरे। ‘उहाँहरुबीच भेट भएको जानकारी छैन,’ डा. ढकालले डिसी नेपालसँग भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *