मंसिर १६ गते १ बजे बस्ने गरी नेकपाको सचिवालय बैठक सम्पन्न

डिसी नेपाल
१३ मंसिर २०७७ १५:१७

काठामाण्डौ । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंसिर १६ गते पुनः बस्ने गरी सकिएको छ। बैठक पछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने समय राखेर आजको बैठक सकियको जानकारी दिए।

पत्रकारसँग प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा यसअघि तय भएसँगै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार लिखित रुपमा प्रस्तुत गर्नु भएको छ। उहाँको पनि विचारलाई अध्ययन गर्न सचिवालयले समय दिएको छ। त्यो प्रस्तावलाइ अध्ययन गरेर, त्यसबीचमा आवश्यक छलफल र गृहकार्य गरेर फेरी सचिवालयको बैठक १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।’

गत कात्तिक २८ गते कार्यकारी अध्यक्षले प्रस्तुत गरेको प्रस्ताबको जवाफ आजको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रस्तुत गरेका हुन्। आवश्यक परेको खण्डमा सचिवालय बैठक अघि पनि उक्त प्रस्ताबका बारेमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार आजको सचिवालय बैठकमा नेकपा भित्रको संकटका बारेमा सबैले आ–आफ्नो धारणा राखेका थिए। धारणा राख्ने सबैले पार्टीमा पार्टी फुटन नदिन सबै लाग्नु पर्ने धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए।

उनले दुवै प्रस्तावको अध्ययन गरेर १६ गते वस्ने सचिवालय बैठकमा समस्या समाधान हुने विश्वास समेत व्यक्त गरेका छन्। उनले भने, ‘हामी दुवै प्रस्तावको अध्ययन गरेर १६ गते सचिवालय बैठकमा नै समस्या समाधानमा जाने तयारी गर्छौ। नसकिए, १७ गते पनि छलफल हुन सक्छ। १८ गते पूर्व निर्धारित स्थायी कमिटीको बैठक र २५ गतेको केन्द्रीय कमिटिको बैठकमा विधिवत रुपमा प्रस्तावहरु छलफल हुनसक्ने छन्।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *