व्यवसाय सुचारुको माग राख्दै ठमेलका व्यवसायी आन्दोलित

डिसी नेपाल
१७ मंसिर २०७७ १८:५९

काठमाडौं। कोरोना महामारीका कारण गत चैतमा लगाइएको लकडाउनपछि बन्द रहेका काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल अझै बन्द जस्तै छ। साउनमा लकडउानको अन्त्य र हाल न्यू नर्मलको अवस्थामा पनि ठमेलमा व्यवसाय शुरु भइसेको छैन।

काठमाडौं भित्रिने पर्यटकको मुख्य केन्द्र ठमेलमा पर्यटन केन्द्रित व्यवसाय सुरुचारु नभएपछि व्यवसायीहरु आन्दोलित बनेका छन्। ठमेल विकास परिषद्को अगुवाईमा स्थायीय पर्यटन व्यवसायी आन्दोलनमा उत्रिने अवस्था आएको हो।

हाल सरकारले नाइट क्लब, लाउण्ज बार, रेष्टूरेण्ट तथा होटल सञ्चालन गर्न अनुमति नदिएकाले आन्दोलनमा होमिएको व्यवसायी रमेश पौडेलले बताए। उनले अनुसार टेक अवे र दिनमा केही घण्टामात्र व्यवसाय सञ्चालन गर्न पाउने नियमले पर्यटन केन्द्रित व्यवसाय चल्न नसक्ने बताए। ठमेलमा ३५ सयदेखि ४ हजार व्यवसायी व्यवसाय सञ्चालन गर्न नपाउँदा ऋणमा डुब्ने अवस्थामा पुगेको पौडेलले बताए।

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नपाए आत्महत्या गर्नुपर्ने अवस्था आउनेसमेत चेतावनी दिएका छन्। प्लेकार्डमा एक व्यवसायीले लेखेका छन्, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *