सल्यानमा बस दुर्घटना, २५ जना घाइते

डिसी नेपाल
१७ मंसिर २०७७ १९:२५

काठमाडौं। सल्यानमा बुधबार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–२ खारखोलामा बुधबार अपराह्न बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। नेपालगञ्जदेखि रुकुमपश्चिमको चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस सडकदेखि करिव ३० मिटर तल खसेको प्रहरीले  जनाएको छ।

बसमा सवार २५ जना घाइतेमध्ये गम्भीर घाइते भएका ६ जनालाई नेपालगञ्ज, ४ जनालाई चौरजहारी अस्पतालमा पठाइएको र बाँकी १९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *