चीनबाट फैलिएको होइन कोरोना : अमेरिकी अध्ययन

डिसी नेपाल
१९ मंसिर २०७७ २०:४८

वाशिङ्टन (एजेन्सी)। आजभन्दा करिब एक वर्ष पहिला वैज्ञानिकहरुले कोभिड १९ संक्रमण फैलाउने Sars-CoV-2   त्यो बेला फेला पारे जब चीनको वुहानमा केही मानिसहरुमा यसको संक्रमण देखियो।

तर, एक नयाँ अध्ययन अनुसार महामारीको कारण बनेको यो भाइरसले त्यसअघि केही हप्ता पहिला नै मानिसहरुलाई संक्रमित गरिसकेको थियो।

अमेरिकाको सेन्टर फर डीजीज एण्ड प्रीभेन्शन (सीडीसी)का वैज्ञानिकहरुले गरेको एक अध्ययनको परिणामलाई क्लिनिकल इन्फेक्शियस डीजीज नामको पत्रिकामा प्रकाशित गरिएको छ।

हालसम्म प्राप्त जानकारी अनुसार ३१ डिसेम्बर २०१९ मा यो भाइरसबारे पहिलो पटक आधिकारिक रुपमा वैज्ञानिकहरुले जानकारी पाएका थिए। जतिबेला चीनले हुवेई प्रान्तको वुहानका स्वास्थ्य अधिकारीहरुले निमोनियाका गम्भीर लक्षण देखिएका विरामी भेटिएको बताएका थिए।

उनीहरुले यसलाई अनौठो तरिकाको स्वासप्रस्वाससँग सम्बन्धित रोग भनेका थिए। तर महामारी शुरु भएको ११ महिनापछि हाल शोधकर्ताहरुले अमेरिकाका तीन राज्यहरुमा ३९ जना यस्ता मानिस भेटिएका छन्, जसमा कोरोना भाइरसको एन्टीबडीज फेला परेको बताएका छन्। उनीहरुको शरीरमा भेटिएको एन्टीबडीज चीनले कोरोना भाइरससँग सम्बन्धित चेतावनी दिनुभन्दा केही हप्ता पहिला नै रहेको बताइएको छ। तर अमेरिकामा कोरोनाको पहिलो मामिला २१ जनवरी २०२० मा दर्ता गरिएको थियो।

यो अध्ययनका अनुसार अमेरिकामा १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२०मा भएको रक्तदानमा कुल ७ हजार ३८९ मानिसहरुले रक्तदान गरेका थिए। यस मध्ये १०६ जना मानिसहरुको रगतमा कोरोनाभाइरसको एन्टीबडीज फेला परेको छ।

कुनै व्यक्तिको शरीरमा एन्टीबडीज भेटिनु भनेको ऊ व्यक्ति भाइरसबाट संक्रमित भएको र उसको रोग प्रतिरोधक तन्त्रले त्यो भाइरससँग लड्न एन्टीबडीज बनाएको प्रमाणित हुनु हो। क्यालिफोर्निया, ओरेगन र वाशिङ्टनमा १३ देखि १६ डिसेम्बरको बीचमा लिइएको रगतको नमूना मध्ये ३९ जनामा कोरोना भाइरसको एन्टीबडीज फेला परेको छ।

शोधकर्ताहरुले यी मानिसहरुको शरीमा रहेको कुनै कोरोना भाइरसको इन्टीबडीज बनेको हुन सक्ने बताएका छन्। तर, उनीहरुको अध्ययनअनुसार एन्टीबडीज फेला परेका मध्ये धेरैजसो मानिसहरुमा त्यो बेला कोभिड १९ का लक्षण पनि थिए।

Sars-CoV-2  भाइरस सबैभन्दा पहिला कहाँ पाइयो भन्ने प्रश्नको उत्तर दिन सायद कहिल्यै सम्भव हअुने छैन। तर केही संकेतहरुले भने डिसेम्बर २०१९ मा चीनको वुहानमा यो भाइरस फेला पर्नुअघि केही हप्ता पहिला नै संसारमा यो भाइरस थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *