भालुले भेडाबाख्रा खाइदियो, स्पष्ट कानुन नहुँदा स्थानीयले क्षतिपूर्ति पाएनन्

डिसी नेपाल
२२ मंसिर २०७७ १०:२४

मुगु । रारा राष्ट्रिय निकुञ्जको मध्यवति क्षेत्रमा रहेका बासिन्दालाई निकुञ्जका जंगली जनावरहरुले सधै दुःख दिनुका साथै बर्षेनी लाखाैँको धनमालमा क्षति पुर्‍याईदिने गरेका छन।

जंगली जनावरहरुले कहिले पाकेको बाली खाई दिने, कहिले पाक्न लागेको बाली खाई दिने त कहिले फलफुल खानुका साथै विरुवा नै उखेली दिने गर्दै आएका छन भने मध्यवर्तिका स्थानीय निकुन्ज तथा मध्यवर्ति वन क्षेत्रमा घास दाउरा ल्याउन जाँदा वन्यजन्तुको आक्रमण र सिकारमा पर्दै आएका छन।

यतिमात्र नभए यहाँका स्थानियहरुले पाल्दै आएका घरपालुवा जनावर तथा मौरी घारको महसमेत भालु तथा बाघले खाई दिनाले कृषकहरुको बषांै देखिको मेहनत क्षण भर मै बालुवामा पानी सरह हुँदै आएको छ।

रारा राष्ट्रिय निकुन्ज अन्तर्गत रहेका मध्यवर्ति क्षेत्रका बासिन्दाले सधै सास्ति भोग्दै आएको तर सरकारले यस तर्फ ध्यान नदिएको स्थानीयहरुले आरोप लगाउने गरेका छन। सधै झै यस बर्ष पनि यहाँका स्थानीयहरुले जंगली जनावरबाट क्षेति व्यहोर्नु परेको छ।

शुक्रबार राति छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाँउका भेडा पालक रमेश रावलका ८ वटा भेडालाई खर्क रहेको स्थान चुल्ठिमा हिमाली भालु पसेर मारेको छ भने भेडा हेर्ने कुकुर बेपत्ता भएको छ।

सोहि वडाका भेडा पालक पदम रावलका २४ र घुघुरे कामीका ५ गरि २९ भेडालाई पनि घोर मै पसेर गत ४ गते भालुले मारेको र गत बर्ष पनि भालुले गाँउलेका १५ भेडा बाखा्र मारेको वडा अध्यक्ष कर्ण बहादुर रावलले जानकारी दिए।

विगत बर्षहरुमा रारा राष्ट्रिय निकुञ्जले पीडित कृषकहरुलाई क्षतीपुर्ती दिने गरे पनि यो वर्ष नदिने भनेकाले आफुहरु बर्बादै भएको किसान पदम रावलले बताए। निकुञ्जले आफनो नियम अनुसार जे गर्ला गर्ला तर आफुहरुले पिडित कृषकहरुको क्षतीपुतीका लागि वडा र नगरपालिकाबाट सिफारिस गरेर निकुन्जलाई क्षेतिपूर्ति उपलब्धका लागि अनुरोध गर्ने वडा अध्यक्ष रावलले बताए।

जम्मा ११ ३२ घरधुरी रहेको यो गाँउका अधिकांश स्थानीयहरुको प्रमुख आयस्रोत नै भेडापालन भए पनि बेला बेलामा निकुञ्जबाट कहिले भालु त कहिले बाघ आएर भेडाबाखा्र खाई दिने र मारिदिने गर्न थाले पछि स्थानीयहरुको रोजीरोटीमा प्रभाव परेकाले कृषकहरु यो व्यवसायबाट हात झिक्नु पर्ने अवस्थामा पुगेका छन्।

झयारी गाँउमात्र होईन जंगली जनावरहरुबाट मध्यवति बस्तिहरु मुर्मा, माथितुम, ताल्च, टोपला, पिना, कार्कीवाडा, तलितुम, बुलबुलेका जनताहरुलेसमेत बर्षेनी शास्ति र क्षति भोग्दै आएका छन।

नेपाल सरकारले जारी गरेको वन्तजन्तुबाट हुने क्षेति सम्वन्धी राहत निर्देशिकामा १३/१४ वटा वन्यजन्तुमध्ये कुनैले अन्न बाली, कुनैले घरपालुवा जनावर र कुनैले मान्छेलाई हिर्काएमा, नष्ट गरेमा, तहस नहस पारेमा क्षेतिपूर्ति दिने व्यवस्था गर्नुका साथै भालुले मान्छेलाई हिर्काएमा क्षतिपूर्ति दिने व्यवस्था गरेपनि भालुले घरपालुवा जनावर मारे पनि, अन्नवाली खाए पनि क्षतिपूर्ति दिने प्रावधान नराखेकाले आफुहरुले भालुले क्षति पुराएको घरपालुवा जनावर र अन्नवालीको क्षतिपूर्ति दिन नसक्ने रारा राष्टिय निकुन्जका संरक्षण अधिकृत बद्री विनोद दाहाल बताउछन्।

नेपाल सरकारको बुझाईमा भालुले मान्छेलाईमात्र र्हिकाउछ, घरपालुवा जनावर र अन्नवालीलाई क्षेती पुराउँदैन भन्नेछ तर भालुले गोठ, खोरमा घुसेर घरपालुवाा जनावर बोकेर लिने मार्ने र खाने गर्नुका साथै कृषकहरुले खेतगरामा लगाएको मकै, फलफुल खाईदिने गर्छ त्यसैले नेपाल सरकारलाई सबैले भालुबाट मानवीयका साथै पशुजन्य र वालीजन्यको पनि क्षेति हुन्छ भन्ने बझाएर उक्त निर्देशिकामा भालुबाट हुने पशुजन्य र अन्नवाली, फलफुलजन्य क्षेतिमा पनि राहत दिने प्रावधान राख्न लगाउनु पर्ने संरक्षण अधिकृत दाहाल बताउछन्।

निर्देशिकाले क्षतिपूर्ति दिने व्यवस्था नगरेपनि विगतमा आफुहरुले मध्यवर्ति क्षेत्र विकास समितीको निर्णय गरेर समिती कै कोषबाट पीडित स्थानीयलाई सामान्य राहत उपलब्ध गराउदै आएको हालको घटनाका पीडितलाई पनि समितीको निर्णय गरेर सामान्य राहत दिन सकिने दाहालको भनाई थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *