सगरमाथाको उचाइ नाप्न कति खर्च लाग्यो ?
काठमाडौं। सगरमाथाको उचाइ मापनको लागि नेपाल सरकारले १३ करोड रुपैयाँ खर्च गरेको छ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालले डिसीनेपालसँग कुरा गर्दै यसको जानकारी दिएका हुन्।
पछिल्लो मापनअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर भएको छ। सगरमाथाको उचाइ मापनको लागि नेपालको तर्फबाट ८० जनाले २ वर्षसम्म निरन्तर काम गरेका थिए।
विभागका उप–महानिर्देशक सुशील डंगोलको नेतृत्वमा टोलीले २०७६ जेठ ८ मा सगरमाथाको शिखरमा ग्लोबल नेभिगेशन स्याटेलाइट सिस्टम (जीएनएसएस) स्थापना गरेको थियो ।
डंगोलले समाचार एजेन्सी पीटिआइसँगको कुराकानीमा प्राविधिक टिमले कूल २९८ प्वाइन्टमा जीएनएसएस सर्वे गरेको थियो । नेपालले आफैं सगरमाथाको उचाइ मापन गरेको यो पहिलो पटक हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment