अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

डिसी नेपाल
२८ मंसिर २०७७ १८:५२
568
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश गरेको छ। चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई थुनछेक बहसपछि आइतबार थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

२०६६ भाद्रदेखि २०६७ फाल्गुनसम्म भौतिक योजना तथा निर्माण मन्त्रालयमा सचिवको हैसियतले उनले ललिता निवासको जग्गालाई वालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारका लागि प्रस्ताव लगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *