पिएम कप छनौट क्रिकेटको लागि सुनसरी जिल्ला टोलीको बिदाई
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका अन्तर्गत प्रदेश स्तरीय छनौट खेलको लागि सुनसरी जिल्ला क्रिकेट टोलीलाई आज एक कार्यक्रमका बीच बिदाई गरिएको छ । शक्रवार देखी झापामा हुने प्रतियोगितामा प्रदेश नम्बर एकका सुनसरी, मोरङ, झापा, ईलाम र उदयपुरको सहभागिता रहेको छ । सुनसरी जिल्लाको कप्तानमा सरोज बस्नेत रहेका छन भने प्रशिक्षकको जिम्मा पूर्व राष्ट्रिय खेलाडी पुष्प थापालाई दिईएको छ । प्रतियोगिता अन्तर्गत सुनसरीले पहिलो खेल शुक्रवार उदयपुर बिरुद्व खेल्नेछ ।
प्रतियोगिताका लागि सुनसरी जिल्लाबाट छनौट भएका खेलाडीहरुमा सरोज बस्नेत (कप्तान), राकेश सोनी, प्रशान्त थापा, सोनु मण्डल, विवेक मेहता, जोसेफ खडका, भुपाल लुईटेल, विकल्प आचार्य, सरोज कटुवाल, बिकेश बन्जारा, गौरब कटुवाल, रितेश राय, हिमान्शु शाह र निरज शाह रहेका छन । बैकल्पिक खेलाडीहरुमा निशान्त महत, समिर तिम्सिना, सुरज भगत र शिवम यादव रहेका छन । बिदाई कार्यक्रममा महेन्द्र मेमोरियल स्कुलका संचालक निश्चल राज शाक्यले खेलाडीहरुलाई जर्सि प्रदान गर्दे शुभकामना दिएका थिए ।



No ads found for this position

डिसी नेपाल
Facebook Comment