भारत र बंगलादेशले गरे नेपालसँग ऊर्जा सहकार्य गर्ने सहमति

डिसी नेपाल
२ पुष २०७७ १८:०४

काठमाडौं। नेपालको जलविद्युतको बजार भारत र बंगलादेश हुन्। पछिल्लो समय नेपालमा वर्षा याममा उत्पादित विजुली खेर पनि गइरहेको छ। तर, यी दुई छिमेकीसँग नेपालको विद्युत व्यापारबारे सम्झौता नभएकाले नेपालले बेच्न पाएको छैन।

हालै नेपाल र भारतबीच भएको ऊर्जा वार्तामा भारतले नेपालबाट विजुली लैजाने र बंगलादेश पुर्याउनका लागि भारतीय भूमि उपयोग गर्नेबारे ठोस सहमति नदिएपछि नेपालको विजुली बेच्ने विषयमा अन्यौलता छाएको थियो। तर, बिहीबार नेपालको विद्युत व्यापारमा नयाँ आशा पलाएको छ।

भारत र बंगलादेशीच क्षेत्रीय ऊर्जा कनेक्टिभी गर्ने सहमति भएसँगै नेपालको आशा पलाएको हो। बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदबीच भएको भर्चुअल वार्तामा नेपालसँग सहकार्य गर्ने सहमति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

ऊर्जाका विषयमा नेपालसँग भारत र बंगलादेश सहकार्य गर्ने कुराले नेपालले भारत र बंगलादेशमा आफ्दो देशमा उत्पादित विजुली बेच्न पाउने वातावरण बन्ने देखिएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार दुई प्रधानमन्त्रीबीच बिहीबार ७ बुँदे सहमति भएको छ। जस अन्तर्गत ऊर्जालाई मुख्य एजेण्डा बनाइएको थियो। भारत र वंगलादेशले भुटानसँग पनि ऊर्जा सहकार्य गर्ने सहमति गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *