सबैभन्दा बढि तिर्न बाँकी रहेको श्रीराराम मिलले थाल्यो कृषकको बक्यौता भुक्तानी

डिसी नेपाल
३ पुष २०७७ १३:२४

काठमाडौं। सबैभन्दा बढि बक्यौता रकम बाँकी रहेको श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको भुक्तानीवापतको बक्यौता रकम समयमै भुक्तानी दिन नसकेको प्रति क्षमायाचना गर्दै आजबाट दिन सुरु गरेको छ। उद्योगले आज एक विज्ञप्ति जारी गर्दै कानूनी व्यवधानका कारण समयमै भुक्तानी दिन नसकेको प्रति क्षमायाचना गर्दै किसानको बक्यौता आजबाट दिने उल्लेख गरेको छ। तर, बक्यौक्ता भुक्तानी सम्बन्धमा कानूनी व्यवधानलाई कारण देखाउँदै भुक्तानीमा ढिलाइ भएको उद्योगले जनाएको छ।

मिलले ३६ करोड रुपैयाँ तिर्न बाँकी छ। श्रीराम सुगर मिल्सले किसानहरुलाई उखुको भुक्तानी गर्न बाँकी बक्यौता रकम उद्योगको बैंक खातामा जम्मा भइसकेकाले भुक्तानीको समस्या समाधान हुने जनाएको छ। चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसानहरु मंसिर २८ गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्। उनीहरुले विगत ४ बर्षदेखिको भुक्तानी बाँकी रहेको बताउँदै यो पटक सबै पैसा पाएमात्रै आन्दोलन रोक्ने चेतावनी दिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *