निगमले प्रत्येक दिन एउटा उडान नगर्ने

डिसी नेपाल
३ पुष २०७७ १३:२८

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली उडान संख्या घटाएको छ। प्रत्येक दिन एउटा उडान गर्ने सम्झौता भए पनि यात्रुको माग कम आएकाले उडान संख्या घटाउनु परेको नेपाल वायुसेवा निगम कार्यलयले जनाएको छ। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बन्द रहेको नेपाल– भारत हवाई उडान बिहिबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

पहिलो दिन किहिबार निगमले मात्रै उडान गरेको थियो। १५८ जना सिट क्षमता भएको एयर बस जहाजमा करिब ९० प्रतिशत यात्रु रहेका थिए। पहिलेदेखि नै बुकिङ भएकाले पहिलो दिन यात्रुको संख्या धेरै भएको विमानस्थल कार्यलयले जनाएको छ। निगमले टिकट बुकिङ कम आउन थालेकाले जहाजको सिट क्षमता अनुसार यात्रु पाएपछि मात्र उडान गर्ने योजना बनाएको हो। भारतले प्रस्ताव गरेको एयर बबल सम्झौता अनुसार दुईतर्फी उडान सुरु भएको हो। दुवै मुलकका राष्ट्रिय ध्वजावाहक जहाजमार्फत नेपाल–भारत दिनहुँ एउटा उडान गर्ने सम्झौता भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *