सरकारले पुनकर्जा बढाए आर्थिक वृद्धि १० प्रतिशत गर्न सकिने : अध्यक्ष गोल्छा

डिसी नेपाल
३ पुष २०७७ १३:५३

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले सरकारले दिने भनेको पुनरकर्जा बढाएर २ खर्ब पु-याउन माग गरेका छन्।

शुक्रबार अर्थसमितिको बैठकमा बोल्दै अध्यक्ष गोल्छाले सरकारले दिने भनेको १ खर्ब रकमको पुर्नकर्जा बढाएर २ खर्ब पुर्याउन माग गरेका हुन्। यस्तै उनले कर्जाको अवधि ३ वर्ष बनाउन पनि आग्रह गरेका छन्।

हाल यस्तो अवधि अति प्रभावित क्षेत्रका लागि १ वर्ष, मध्यम र कम प्रभावित क्षेत्रका लागि ६ महिनाको कायम छ। अहिले साना उद्योगीले कर्जा पाउने वातावरण नभएकोब बताउँदै उनले पुनरकर्जा र यसको सीमा बढेको अवस्थामा अपेक्षाकृत रुपमा आर्थिक वृद्धि गर्न सकिने दावी गरे।

कोरोनाले अर्थतन्त्रमा धेरै क्षति भएको र दैनिक १० अर्ब रुपैयाँ उत्पादन हुने गरेकोमा ८० प्रतिशत क्षति भएको उनले बताए। उनले यस्तो अवस्थामा सरकारले सहयोग बढाउन सके आर्थिक वृद्धि १० प्रतिशतभन्दा बढी गर्न सकिने बताए। यसका लागि साढे ३ खर्बको राहत आवश्यक भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *