ब्रोकर कमिसन तत्काल घटाउन अर्थमन्त्री पौडेलको निर्देशन

डिसी नेपाल
४ पुष २०७७ ११:१८

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनजर गरि ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्।

अर्थमन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र छिटै कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

प्रो एक्टिभ भएर लाग्न अनुरोध गर्दै उनले ब्रोकर कमिसन बिलम्ब नगर्न आग्रह गरे। अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न आग्रह गरे। उनले ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए।

मन्त्री पौडेलले धितोपत्र बोर्डले यसअघि कमिसन घटाउनका लागि अध्ययन समिति बनाएको र त्यसको प्रतिबेदन कार्यान्वयन किन नगरेको भन्दै बोर्डप्रति असन्तुष्टी समेत जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *