प्रचण्ड–नेपाल समूहले ओली विरुद्ध मेराे हस्ताक्षर दुरुपयोग गरे : छक्क बहादुर लामा

डिसी नेपाल
८ पुष २०७७ १२:३३

काठमाडौं। हुम्लाबाट स्वतन्त्र उम्मेदार भइ प्रतिनिधि सभामा आएका पूर्व माओवादीका नेता छक्कबहादुर लामाले आफ्नो हस्ताक्षर दुरुपयोग भएको जनाएका छन्। डिसी नेपालसँग कुरा गर्दै लामाले आफूले अरु कुनै प्रयोजनका लागि गरेको हस्ताक्षर प्रधानमन्त्री विरुद्ध प्रयोग गरेको पाइएको बताएका हुन्।

उनले भने, ‘त्यो हस्ताक्षर मैले पहिला ओली काम्रेड र प्रचण्ड काम्रेडको अध्यक्ष र प्रधानमन्त्रीको पदका बेला भएको विवाद मिलाउन गरेको थिएँ। त्यो बेलामा अध्यक्ष प्रचण्ड हुने र प्रधानमन्त्री ओली हुने भन्ने कुरामा गरेको हो। त्यो अहिले प्रयोग गरेका रहेछन्।’

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण संसद भंग भएपछि नेकपाका नेताहरु कित्ताकाट हुन थालेका छन्। यही  क्रममा लामा प्रचण्ड–नेपाल पक्षका मानिँदै आएका थिए। उनले आफू जहिले पनि पार्टीको एकीकरणकै पक्षमा भएको बताउँदै माधवकुमार नेपाल र प्रचण्डले पदका लागि राजनीति गरेको बताएका छन्।

उनले भने, ‘पार्टी मैले जोडेको हैन। प्रचण्डले जोडेका हुन्। उनले कहिलै ओलीलाई अध्यक्ष भन्ने कहिलै नेपाललाई अध्यक्ष भन्ने। आफ्नो पदका लागि राजनीति गरेपछि मेरो भन्नु केही छैन। म ओली पक्षमा छु, भन्दा पनि पार्टीमै छु। पार्टी ओली तिर छ। म आफ्नो जनता फुटाउन चाहन्न।’

लामाले आफूले जनताको मत लिएकाले जनताबाट टाढा नहुँने बताएका छन्। उनले जनता नेताहरुबाट असन्तुष्ट भएको समेत बताएका छन्। उनले हुम्लामा आफूले छलफल गरीरहेको र हुम्लामा नेकपा नफुट्ने समेत बताएका छन्।

उनले आफूले स्वतन्त्र उम्मेदवार भएर जितेपछि माओवादीले कारवाही गरेको बताए। उनले भने, ‘मलाई यिनीहरु (प्रचण्ड) ले कुनै सहयोग गरेनन्। मलाई सरकारले नै सहयोग गरेको हो। त्यसैले म अहिले पनि सरकारकै पक्षमा छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *