प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक, महासचिवमा पाण्डेकाे नाम प्रस्ताव

डिसी नेपाल
९ पुष २०७७ १३:४७
208
Shares

काठमाडौं। प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकले रिक्त महासचिवमा सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गर्ने बताइएको छ।

पाण्डेको नाम केही बेरमा बस्ने केन्द्रीय कार्य कमिटीको बैठकले अनुमोदन गर्नेछ। प्रचण्ड–नेपाल समूहका शीर्ष नेताबीच पाण्डेलाई महासचिव बनाउने सहमति भइरहेको छ। यो सँगै बैठकले नेताहरुको कार्याविभाजन समेत गर्ने एक नेताले जानकारी दिए।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा वरिष्ठ नेता माधब कुमार नेपाल ,भिम रावल ,योगेश भट्टराई ,जनार्दन शर्मा, रघुजी पन्त,घनश्याम भुसाल ,अष्टलक्ष्मी शाक्य ,देबेन्द्र पौडेल लगायतको उपस्थिति रहेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *