म्यानचेस्टर युनाइटेड लिग कपको सेमीफाइनलमा

डिसी नेपाल
९ पुष २०७७ १५:२२

काठमाडौं । एडिनसन कावानी र एन्थोनी मार्शलको गोलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ। यो जीतसँगै युनाइटेडको टोली लिग कपको सेमीफाइनलमा पुगेको छ। सेमीफाइनलमा टोलीले म्यानचेस्टर सिटीको सामना गर्नेछ। उता टोटेनहम हटस्परको टोलीले स्टोक सिटीलाई ३–१ पराजित गर्दै लिग कपको सेमीफाइनलमा पुगेको छ । बुधबार भएको खेलमा म्यानचेस्टर युनाइटेडको टोलीले धेरै राम्रा अवसरहरू गुमायो। दुबै टोलीहरू पेनाल्टीमा तर्फ अगाडी बढी रहेका थिए । तर समय सकिन २ मिनेट अगाडि अर्थात खेलको ८८ औं मिनेटमा कावानीले उत्कृष्ट गोल गरे। त्यसपछि अतिरिक्त समयमा मार्शलले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । टोलीले अब फाइनलमा पुग्न म्यानचेस्टर सिटीको सामना गर्नेछ। लिग कपको फाइनल २५ अप्रिलमा हुनेछ ।

बुधबार भएको अर्को खेलमा टोटेनहम हटस्परले स्टोक सिटीलाई ३–१ ले पराजित गरेको छ। स्टार खेलाडी तथा स्ट्राइकर गैरेथ बेलले टोलीका लागि पहिलो गोल गरेका थिए। उनले खेलको २२ औं मिनेटमा हेरी विन्क्सको उत्कृष्ट क्रसलाई हेडरको माध्यमबाट गोलमा रूपान्तरण गरे। रियल मैड्रिडबाट टोटेनह्याम आएपछिको उनको यो तेस्रो गोल हो। त्यसपछि खेलको ५३ औं मिनेटमा स्टोक सिटीका जोर्डन थम्पसनले गोल गर्दै स्कोर बराबरी गरे। खेलको ७१ औं मिनेटमा टोटेनहमका डेभिसले २५ यार्डको दूरीबाट शानदार किक प्रहार गर्दा बल स्टोक सिटीको गोलकीपरलाई छल्दै गोलमा परिणत भयो। यो गोलसँगै टोटेनहमको टोलीले फेरि स्टोकसँग २–१ को अग्रता लियो। उही समयमा टोटेनह्यामका कप्तान ह्यारी केनले खेलको ८१ औं मिनेटमा गोल गर्दै टोलीलाई ३–१ ले जिताए ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *