काठमाडौंको कलंकीमा मुवाथाई क्लब

डिसी नेपाल
९ पुष २०७७ १६:४०

काठमाडौं । काठमाडौंको कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ । कलंकी स्थित जनपद मा.वि.मा खोलिएको क्लबको नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

क्लबमा हाल २० खेलाडी रहेको क्लबका अध्यक्ष सैलेश प्रजाले जनाएका छन् । खेलाडीलाई २०१७ का विश्व च्याम्पियन समेत रहेका राहुल ठोकर लामाले प्रशिक्षण दिइरहेका छन् । कलंकीमै क्लबको कार्यालय पनि स्थापना गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघका सदस्य साजन माली लगायतको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *