पीएसजीले बर्खास्त गर्‍यो प्रशिक्षक टुचेललाई, पोचिटिनोको चर्चा

डिसी नेपाल
१० पुष २०७७ १२:१५

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ ।

बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेलगत्तै पीएसजीले टुचेललाई बर्खास्त गरेको हो । जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनसंगको दुरी घटाएको थियो ।

पीएसजीका खेल निर्देशक लियोनार्दोले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन् । टुचेलकै नेतृत्वमा पीएसजीले चार महिना अघि च्याम्पियन्स लिगको फाईनलमा स्थान बनाएको थियो ।

पीएसजीले उनको ठाउँमा टोटेनहमका पूर्व प्रशिक्षक मौरिसियो पोचिटिनोलाई ल्याउने तयारी गरेको बताइएको छ । पीएसजी र पोचिटिनो पछिल्ला दुई हप्तादेखि छलफलमा रहेकाले नयाँ प्रशिक्षकको रुपमा उनलाई मुख्य दाबेदार मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *