‘साहित्य बुढेसकालको साथी हुन्छ, साहित्यले भोक पनि टार्दो रहेछ’ – Dcnepal

‘साहित्य बुढेसकालको साथी हुन्छ, साहित्यले भोक पनि टार्दो रहेछ’

राजनीति, साहित्य र समाजसेवामा एउटै नामको खोजी गर्दा भेटिने नाम हो भद्रकुमारी घले। ९० वर्षको उमेरमा हरेक दिन करिव ४ घण्टा एउटै स्थानमा बसेर लेख्ने काम गर्छिन् उनी। उनले भद्रकुरमारी घले सेवा सदन नामक संस्थाबाट सयौंलाई सहयोग, धेरैमा अक्षयकोष र बृद्धबृद्धाका लागि आवश्यक कार्य सदनको माध्यामबाट गर्दै आएकी छन्।

नेपाली साहित्यमा १ सय ४१ किताब लेखेर सहयोग पु-याउने घले ९० बर्षको उमेरमा पनि हात नकापेँर आफूले कलमलाई निरन्तरता दिएको बताउँछिन्। ४९ वटा किताबहरु एकै पटक विमोचन गराएकी उनले पुनः १ सय वटा किताबहरु विमोचन गर्ने सोच बनाएकी छन्।

नारीको व्यथा, शक्तिरुपमा नारी, मेरा सहयात्री सेवक लागएतका कथा संग्रह बजारमा ल्याएकी घललेले थुप्रै कविता संग्रह पनि बजारमा ल्याएकी छन्। छन्द र मुक्त छन्दमा मात्र हैन घलेको कमल निबन्ध, गीति नाटक, उपन्यास, जीवनी, गजल र मुक्तक समेतमा चलेको छ।
नेपाली राजनीतिमा श्रम तथा समाजकल्याण मन्त्रीसम्मको यात्रा गरेकी उनी साहित्य बुढेसकालको सहयात्री हुने गरेको बताउँछिन्।

उनले बुढेसकालको साथी साहित्यभन्दा अरु हुनै नसक्ने बताएकी छन्। ९० वर्षको उमेरसम्म अविवाहित भद्रकुमारी घलेसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेकाे कुराकानीको सम्पादित अंश :

साहित्य क्षेत्रमा कहिलेदेखि यहाँले कलम चलाउन थाल्नु भयो ?

म २००४ सालमा नेपाल सरकारले गान्धी विचारधारामा पढ्न भनेर ५ वर्षका लागि पठाएको थियो। म भारतको महाराष्ट्र पुगेकी थिएँ। त्यहाँ त विद्यार्थी आफैले सबै कार्यक्रम तयार गर्नु पर्दो रहेछ। अनि त्यहाँ मैले गीत लेखेकी थिएँ। त्यो गीत नेपालको बारेमा थियो।

त्यसपछि हामी भन्ने हस्तलिखित पत्रिका पनि निकाल्न थालियो। त्यो पत्रिकामा एउटा गद्य र एउटा पद्य लेखेर दिनु पथ्र्यो। त्यो गर्दा गर्दै यात्रा सुरु भयो। मैले त्यो भन्दा पहिला किताबहरु पनि महाभारत, रामायण, कृष्ण चरित्र आदि मात्र देखेको थिए।

त्यहाँ पुगेपछि बल्ल मैले किताहरु कति हुन्छन् भनेर देखेको हुँ। त्यहाँ लेखेको गीत भारतका सबैठाउँमा भारतीयले पनि गाउन थाले मलाई नै सुनाउन थाले। त्यो देख्दा पनि र आफूले ती पत्रिकाहरुमा अनिर्वाय रचना पठाउनु पर्ने भएकाले पनि मलाई कविता लेख्नु पर्ने भयो र मैले यसरी साहित्यको थालनी गरेँ।

यहाँको पछिल्ला समय धेरै गद्यका कविता संग्रहरु प्रकाशित भएका रहेछन्। त्यतिबेला देखिनै यो सुरुवात भयो कि पछिलेख्नु भयो?

मलाई आज पनि कविताको नियम सियम केही थाहा छैन। मैले त्यो सिक्ने कोशिस पनि गरिन, किन भने हाम्रो लोक लयमा लेखेका गीतहरु सबैले सुनेकै छन्। कविता पनि लोक लयमा भएपछि किन मान्यता नदिने भन्ने यो।

एउटी जनजातिकी छोरी आफ्नै ढंग ढाचा र तवर तरिकाले लोक साहित्य लेखेपछि त्यसलाई मान्यता दिने कि नदिने भन्ने प्रश्न नै आउँदैन। मान्यता दिनै पर्छ भन्ने मलाई लाग्यो र मैले कविताको नियमसँग भन्दा पनि आफूलाई आएको कुरालाई कवितामा लेख्न थालेँ।

मैले नेपाली जनाजातिको ‘बेद’ लेखेको छु। जनजातिको इतिहास लेखेको छु। नेपालमा नवबुद्ध कसरी उत्पन्न भए। कसरी जनजातिहरु फैलिय भन्ने लेखेकी छु। म गुरुङ भाषा जानेकी छैन। मैले भाषा जानेकी भए त अझै उडाई दिन्थे। धर्म शास्त्र बेद लेख्नेबेला मैले सबै धर्मका शास्त्रहरु अध्ययन गरेको छु। त्यसरी जीवन अध्ययन र लेखनले कहिलै छोडेन।

अहिले पनि मैले त्यही गर्छु। आज मात्र मैले गद्य पद्य गरी ५ वटा कविता र एउटा भजन लेखेकी छु। बुढेसकाल लागेपछि भगवानको नाम पनि जप्नु पर्दोरहेछ। मैले आजभोलि दिनमा एउटा भजन लेख्न थालेकी छु। भगवान सबैमा छन् भन्ने बुझेकी छु। आखा चिम्म गरेर आफूलाई हेर्छु र ध्यान गर्छु।

यहाँको जीवनमा पहिला साहित्य कि राजनीति?

पहिला साहित्य। मैले अघि पनि भने म २००४ सालमा भारतको महाराष्ट्रमा पढ्न गएकी बेला साहित्य सिर्जनामा लागेकी हुँ। राजनीति त २०१८ सालबाट सुरु गरेँ। राजनीति मलाई केही थाहा थिएन। जनकपुरमा जब म ३ वर्षसम्म नर्स भएर बसेँ जानकी पब्लिक हस्पिटलको।

हामीले नै सुरु गरेको कुर्सी लगेर राखेर चौरबाट सुरु गरेको। त्यहाँ काम गर्दा पञ्च्यायती व्यवस्था लागू भएपछि त्यहाँको अञ्चलाधीशले मलाई बोलाएर महिला संघको नेतृत्व गर्न लगाउनु भयो। मैले त्यही अनुसार काम गरेँ। पछि ४ पटकसम्म माननीय भएँ।

तर, मलाई साहित्यले पहिले नै आफ्नो अनुकुल बनाउन थालिसकेको थियो। त्यतिबेला अहिलेको जस्तो थिएन। अञ्चलाधीशले टिका लगाए पुग्थ्यो। मलाई पनि उहाँले त्यही गर्नु भयो। टिका ल्यायर लगाएर जनकपुर अञ्चलको महिलाको अञ्चल सभापति भने पुग्यो।

पूरा अञ्चलको महिलाको नेतृत्व तपाईँले हाक्नु पर्छ भन्दै हातमा महिलाको विधान थमाएपछि मैले १ महिनामा ३ जिल्लाको महिलाको कमिटी गठन गरेर दिएँ। त्यसरी राजनीतिमा प्रवेश गरेको हो।

साहित्य र राजनीति जीवनमा कुन सरल लाग्यो यहाँलाई?

साहित्य भनेको साहित्य हो। अहिले म ९० वर्षको उमेरमा एकान्तमा बस्छु। साहित्य लेख्न थाल्छु। भगवानको दर्शन पाउँछु। मेरो साथी भएको छ। मेरो दर्शन पनि साहित्य भएको छ। साहित्य जस्तो त्यो घिनलाग्दो राजनीति के हुन्थ्यो देख्नु भएन।

तर, यहाँ त ५ पटकसम्म माननीय हुनु भएको हो नि!

भैदिएँ। मान्छेको व्यक्तित्व पनि चाहिन्छ। म ओलीको त्यतिकै प्रशंशक भएकी हुँ र। मलाई राजनीति थाहै थिएन। २०१८ सालमा आएर सिकेर भएपनि ५ पटक माननीय भएँ। त्यो बेलामा बाटो थिएन।

जहाँ जादा पनि पैदल हिड्नु पथ्र्यो। म नेपालको मेची महाकाली पैदल हिडेर राजनीति गरेकी हुँ। म दार्चुलासम्म पनि पैदल गएकी छु। जुन सुख सुविधा पाइन्थ्यो त्यसैमा भुलेर राजनीति गर्नु पथ्र्यो।

यहाँले लेख्ने साहित्यमा आफ्नो उमेर अनुसार पनि परिवर्तित गर्दै लैजानु भएको छ। अहिले वृद्धबोध भन्ने पुस्तकको १८ अंक पुर्याउनु भयो होइन?

पहिले पहिले लेख्दा मैले परिस्थितिलाई नै किताब बनाउँथे। अहिलेको राजनीतिक अवस्थाका बोरमा पहिला भए अहिलेसम्म किताब आइसक्थ्यो। तर, अहिले यसो लेख्नलाई बस्यो खाली बुढौलीपनका कुरा मात्र आउँछन्। बुढौंलीको गन्थन भनेर लेख्दा लेख्दै ३३ भाग पुगेछ।

कविता वृद्धाबोध भनेर लेखेको छु। त्यो १८ भाग पुगेको हो। हामी त्यस्तो देशमा जन्मेका छौं। एउटा जनजातिको छोरीले ४९ वटा किताको एकै पटक विमोचन गर्नकालागि तेतिबेलाका प्रज्ञाप्रतिष्ठानका कुलपतिलाई बिन्ती चढाएँ। उहाँले समय छैन भन्नु भयो।

पछि अहिले जो प्रदेश १ को मुख्य मन्त्री हुनुुहन्छ शेरधन राई उहाँ त्यो बेलामा संचार मन्त्री हुनुहुन्थ्यो उहाँलाई बोलाएँ। उहाँ आइदिनु भयो र मेरो ४९ वटा किताबहरु बिमोचन भयो। अहिले पनि मैले १०० वटा किताब एकै पटक विमोचन गर्ने सोचमा छु।

चित्रसाहित्य र अक्षर साहित्यमा कुन सजिलो?

आफ्नो रुचिको कुरा पनि हुन्छ। मैले चित्र बनाउन लाग्दा मलाई चिया ल्याउने एकजना आइमाइ हुनुहुन्थ्यो। उहाँले चिया मेरै अगाडि फालिदिनु हुन्थ्यो। ४ चोटी तताईसकेँ चिया। अब बीस भइसक्यो भन्नु हुन्थ्यो। म यति आखाँको कोर बनाएर खान्छु भन्थे बिर्सिन्थे। त्यही चित्रमा भुली रहन्थेँ। त्यति ध्यानावस्थित हुन्थेँ।

मैले नेपाली जनाजातिको ‘बेद’ लेखेको छु। जनजातिको इतिहास लेखेको छु। नेपालमा नवबुद्ध कसरी उत्पन्न भए। कसरी जनजातिहरु फैलिय भन्ने लेखेकी छु। म गुरुङ भाषा जानेकी छैन। मैले भाषा जानेकी भए त अझै उडाई दिन्थे। धर्म शास्त्र बेद लेख्नेबेला मैले सबै धर्मका शास्त्रहरु अध्ययन गरेको छु। त्यसरी जीवन अध्ययन र लेखनले कहिलै छोडेन।

पछिल्लो समय के कुरामा कलम चलाई रहनु भएको छ?

अहिले आएर मलाई अरु विषय नै आउँदैन। देशमा यत्रो भएको छ। कसैले सोधे भने मैले जवाफ मात्र दिने हो। खाली आफ्नो बुढौलीपनको गन्थन मात्र लेख्ने गरेकी छु। मैले बुढेसकालमा भोगेको कुरामात्र लेख्ने गरेकी छु। मैले यी कुराहरु दिनमा झण्डै ४ घण्टाजति एउटै स्थानमा बसेर लेख्न सक्छु। एउटा रजिष्टरको अगाडिबाट गद्य र पछाडिबाट पद्य कविता लेख्दै आइरहेकी छु।

अलिकति दिन चर्या पनि सुनाउँ म बेलुकी ४ बजे सुत्छु। राति १२ बजे उठ्छु। ध्यान गर्छु। आफ्नो नित्यकर्म गरेपछि लेख्न बस्छु। विहान बाबुहरु उठ्ने बेलामा मैले झण्डै ५/६ कविता लेखिसेकेकी हुन्छु। रजिष्टरको सुरु र अन्यबाट लेख्दै लेख्दै आएको झण्डै ३ सय बढी पेज लेखि सकेकी छु। ९० वर्षकी बुढीले लेखेको किताब कस्तो हुन्छ। यहाँहरुले पढ्नु पर्छ। हेर्नु पर्छ।

त्यसैले पनि मैले लेखि रहेकी छु। अहिलेसम्म मेरो हात कापेको छैन। म ९० वर्षको हुँदसम्म पनि लेख्दा हात काप्दैन। हात काप्ने भएको भए कसरी लेख्थेँहोला झैं लाग्छ।

दिनमा एउटा भजन, एउटा गद्य र एउटा पद्य लेख्नुहुन्छ उसो भए? कहाँको एउटा। आज मात्र भजन सहित ६ वटा लेखेँ। निवन्ध गद्य गरी ६ वटा हिजो लेखेकी छु। दिनमा ५ वटा नोटबुक डिल गर्छु मैले।

बहुविधामा कलम चलाउँदा अफ्ठेरो हुँदैन ?

के को अफ्ठेरो हुँनु। त्यसको अलग अलग तौर तरिका छ। अलगअलग ढंग छ। अगलअगल ढाँचा छ। म भारतमा शास्त्री पढ्दा खेरी मञ्चमा धेरे काम गर्थे। त्यो बेला त नाटक लेख्ने गर्थे। त्यो बेलामा गीति नृत्य नाटिका बढी लेख्थे। कलाकार, बुद्ध, मिरा दर्शन गरी ५ वटा कथा संग्रह पनि लेखेको छु।

समाजसेवा र जीवनलाई कसरी हेर्नु भएको छ?
समाजसेवा भएन भने त्यो जीवन के जीवन। समाजलाई चाहिने जीवन हो जीवनलाई चाहिने समाज। त्यसैले समाजसेवा र जीवन परिपूरक हुन।

साहित्यकार कसरी बनिन्छ, पछिल्लो पुस्तालाई के भन्नु हुन्छ?

राजनीतिमा लाग्ने मान्छेले साहित्य लेख्न सक्दैन। साहित्यकार बन्न वातावरण चाहिन्छ। राजनीति गर्नेले समय नै पाउँदैन। त्यसैले साहित्यकार बन्न लगनशील हुनुपर्यो। एकाग्र चाहियो। मेहेनत चाहिन्छ र उसलाई शान्ति चाहिन्छ।

त्यसैले यी कुराहरु बुझेरमात्र साहित्यमा लाग्नु होला भन्ने मेरो राय छ। मैले राजनीति गरेपछि भोगेको कुरा हो। राजनीतिमा लाग्दा साहित्य लेख्न सकिँदैन भने, यहाँ यसो भयो, उहाँ उसो भयो।

यसले यस्तो गर्यो भन्दा भन्दै जान्छ त समय। कसरी साहित्य तिर ध्यान दिनु। त्यसैले अरु जे गरे पनि साहित्य लेख्ने मान्छेले राजनीति गर्नु हुँदैन भन्ने मेरो बुझाइछ।

साहित्यमा लाग्दाका फाइदा बेफाइदाहरु के छन्?

राम राम! साहित्य छैन भने त्यो मान्छे मान्छेनै हैन। साहित्यले बुढेसकालमा यस्तो काम दिँदो रहेछ, यस्तो साथी बन्दो रहेछ। म अहिले पनि कापी र कलम लिएर बसेँभने खाने पनि बिर्सिन्छु। त्यसैमा मग्न हुन्छु।

न सुख, न दुःख, न बाहिरको न भित्रको। हामीले बुढेसकालमा केही पनि गर्न सक्दैनौं। यो बेलामा गर्न सक्ने भनेको साहित्य हो। लेख्ने पढ्ने। त्यसैले बुढेसकालका लागि एउटा आफ्नालागि कोष बनाउँनुहोस्, र अर्को कुरा साहित्यमा आफूलाई डुबाउनु पर्छ। साहित्य बुढेसकालको साथी हुन्छ। कोही चाहिँदैन। भोक पनि टार्दो रहेछ साहित्यले त।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो