एपीएफसँग कर्णाली २ सय ४ रनले पराजित

डिसी नेपाल
११ पुष २०७७ १८:१७

काठमाडौं । सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले शानदार जित हासिल गरेको छ । शनिबार भएको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशलाई दुई सय चार रनको भारी अन्तरले हराएको हो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय ३५ रन बनायो । उसका लागि कप्तान सिता रानामगरले सर्वाधिक ६८ रन बनाइन । सरिताले अविजीत ४४ रन बनाइन भने इन्दु बर्माले २२ रनको योगदान गरिन । कणालीले ६७ रन अतिरिक्त दिएको थियो ।

दुई सय ३६ रनको विशाल लक्ष्य पक्ष्याएको कर्णाली १४ ओभर एक बलमा मात्र ३१ रनमा अलआउट भयो । कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । एक रनमा पहिलो विकेट गुमाएको कर्णालीले लगातार विकेट गुमायो । पाँच खेलाडीले खाता खोल्न सकेनन् । एपीएफकी करुणा भण्डारीले पाँच तथा राजमती ऐरीले दुई विकेट लिइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *