अफगानिस्तानका स्पिनर मुजीब उर रहमान मीडलसेक्समा आबद्ध

डिसी नेपाल
११ पुष २०७७ २०:५०

काठमाडौं । अफगानिस्तान क्रिकेट टोलिका स्पिनर मुजीब उर रहमान सन् २०२१ मा इंग्ल्याण्डको घरेलु टी ट्वान्टी लिगका लागि मीडलसेक्समा आबद्ध भएका छन । सन् २०१९ मा पनि उनले मीडलसेक्सको प्रतिनिधित्व गरेपनि कोभिड १९ का कारण सन् २०२० मा गुमाउन पुगे । सन् २०१९ मा मुजीबको उत्कृष्ट प्रदर्शनले मीडलसेक्सको क्वार्टरफाइनलको यात्रा सम्भव भएको थियो ।

१९ वर्षीय रहमान अन्तर्राष्ट्रिय टी ट्वान्टी वरियतामा बलिंगतर्फ दोस्रो स्थानमा रहेका छन । शिर्ष स्थानमा अफगानिस्तानकै राशिद खान छन । इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो संस्करणमा किंग्स एलेभन पञ्जाबको प्रतिनिधित्व गर्दा रहमानले दुई म्याचमा मात्रै अबसर पाएका थिए । मीडलसेक्सका प्रमुख प्रशिक्षक स्टुअर्ट लले मुजीब पुनः मीडलसेक्समा आबद्ध भएकोमा टोलिमा विविधता थपिने विश्वास लिएको प्रतिक्रिया दिएका छन । उनले १२६ टी ट्वान्टीमा ६.६७ को इकोनोमीले १३२ विकेट लिएका छन । मीडलसेक्सका लागि दश खेलमा उनले सात विकेट लिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *