लेस्टर सिटी र म्यानचेष्टर युनाइटेड बीचको खेल बराबरीमा

डिसी नेपाल
११ पुष २०७७ २१:२६

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनीवार साँझ लेस्टर सिटी र म्यानचेष्टर युनाइटेड बीच भएको खेल २–२ को बराबरीमा सकिएको छ । लेस्टरको मैदानमा भएको खेलमा पहिलो हाफको २३औं मिनेटमा मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाए । ३१औं मिनेटमा हार्भे बार्नसले जेम्स म्याडिसनको पासमा लेस्टरका लागि गोल गर्दे खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा सकेपछि दोस्रो हाफमा पनि युनाइटेडले पहिले अग्रता लियो । ब्रुनो फर्नान्डेजले एडिसन कभानीको पासमा खेलको ७९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । तर त्यो अग्रता पनि लामोसमय सम्म टिक्न सकेन र र ८५औं मिनेटमा भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे । बराबरीपछि युनाइटेड अंक तालिकाको तेस्रो स्थानमा पुग्दा युनाइटेडसँग अंक खोस्दै १५ खेलबाट २८ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमै यथावत छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *