टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प हुने

डिसी नेपाल
११ पुष २०७७ २१:३८

काठमाडौं । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प हुने भएको छ । एक महिने क्याम्प पुस १५ गतेदेखि सुरु हुने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

स्कुलका विद्यार्थीलाई टेबलटेनिस सिकाउने उद्देश्यले राखिएको क्याम्पमा करिब ४० जनाको सहभागिता रहने बताइएको छ । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का टेबलटेनिस प्रशिक्षक र राष्ट्रिय खेलाडीले प्रशिक्षण दिने छन् । अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रम अनुसार हुन लागेको क्याम्प लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *