दशककै उत्कृष्ट एसोसियट खेलाडी बने स्कटल्याण्डका काइल कोट्जर

डिसी नेपाल
१२ पुष २०७७ १६:००

काठमाडौं । ‘आईसीसी मेन्स एसोसियट प्लेयर अफ दी डिकेड’को अवार्ड स्कटल्याण्डका ब्याट्सम्यान काइल कोएट्जरले प्राप्त गरेका छन् । आईसीसीले आइतबार विजेता सार्वजनिक गरेको थियो ।

आईसीसीले एसोसियटतर्फ ‘मेन्स एसोसियट क्रिकेटर अफ द डिकेड’ अवार्डको लागि नेपालका पारस खड्का सहित ६ खेलाडीलाई मनोनित गरेको थियो । जसमा स्कटल्याण्डका तीन खेलाडी थिए । कोएट्जर सहित स्कटल्याण्डबाट रिची बेरिङ्गटन र कालम म्याकलियोड रहेका थिए ।

यस्तै, नेपालका पारस खड्का, नेदरल्याण्डका पिटर बोरेन र पीएनजीका असद वाला अवार्डको मनोनयनमा थिए । आईसीसीले आईतबार औपचारिक रुपमा एसोसियटतर्फ ‘प्लेयर अफ दी डिकेड’को रुपमा स्टकल्याण्डका खेलाडीलाई विजेता घोषित गरेको हो ।

यस्तै महिलातर्फको उत्कृष्ट एसोसियट खेलाडीको उपाधि पनि स्कटल्याण्डकै क्याथरिन ब्रेसले प्राप्त गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *