३ हजार ८ सय पीसीआर गर्दा थप ४८१ जनामा कोरोना, मृत्यु हुनेको संख्या १८२५ पुग्यो

डिसी नेपाल
१२ पुष २०७७ १६:३६

काठमाडौं। आइतबार नेपालमा ३ हजार ८२८ पीसीआर परिक्षण गर्दा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार४ सय ९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८२५ पुगेको छ।

यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ९ हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *