कमिशन घटेको दिन सेयर बजारमा देखिएन उत्साह, नेप्से ४० अंकले घट्यो

डिसी नेपाल
१२ पुष २०७७ १६:४८
28
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से झण्डै ४० अकंले घटेको छ। आइतबार नेप्से ३९ दशमलव ९८ अंकले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा बन्द भएको छ।

आइतबार कारोबार भएका सबै समूहको सेयर ओरालो लागेको छ। २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता सेयर ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार सोल्टी होटल र विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन्। नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीले लिने कमिशन आइतबार देखि लागु हने गरि घटाएको छ। तर, यसको प्रभाव भने बजारमा देखिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *