सरकारले नयाँ प्रकारको कोरोना भाइरसबारे पत्ना लगाउन ‘जिन सिक्वेन्सीङ’ गर्ने

डिसी नेपाल
१२ पुष २०७७ १६:५८

काठमाडौं । सरकारले विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएपछि ती भाइरसका प्रकार नेपालमा पनि छ या छैन भनी अध्ययन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमार्फत हालै बेलायत लगायतका देशबाट आइ क्वारेन्टिनमा रहेका २८७ जनाको पीसीआर परीक्षण गरिने जानकारी दिए ।

उनीहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ आएमा ‘जिन सिक्वेन्सीङ’ गर्ने प्रवक्ता गौतमले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *