मिलको फित्तामा बेरिएर किशोरीको मृत्यु

डिसी नेपाल
१३ पुष २०७७ १९:०५

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिकामा सोमबार मिलको फित्तामा बेरिएर एक किशोरीको मृत्यु भएको छ । आफैँले मिल चलाउँदै गर्दा मिलको फित्तामा कपाल बेरिएर सोही गाउँपालिका–६ की १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फित्तामा कपाल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। शव परीक्षणको लागि राजविराजस्थित गजेन्द्रसिंह अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *