आफ्नो चुनाव क्षेत्र पुगेर कमल थापाले भने: अबको बिकल्प राप्रपा

डिसी नेपाल
१३ पुष २०७७ २०:११

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 0६२/६३ को परिवर्तन पछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै त्यो मार्ग सच्याउन जरुरी भएको बताएका छन् ।

आफ्नो चुनावी क्षेत्र पुगेर दिनभर कार्यकर्ता भेटघाटमा व्यस्त भएका थापाले सोमबार मकवानपुर १ को बागमती गाउँपालिकामा  विभिन्न वडाका आयोजित अगुवा कार्यकर्ता भेलामा सरिक हुँदै थापाले सम्बोधन गरे ।

उनले अब कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरे । राईगाउँ र फापरबारिमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफुले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरे? आफूसँग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छ ? योग्यता , क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफुले मकवानपुरे जनताको थप माया खोजेको बताए।

काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताको चर्चा गर्दै थापाले भ्रष्टाचार , बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको बिचार व्यक्त गरे । क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ ,शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफुलाई ठुला भन्ने शक्ति काङ्ग्रेस कम्युनिस्ट असफल भएको बताए ।

कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता,निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकाको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनु पर्ने आवश्यकतामा जोड दिए। भ्रष्ट र असक्षमलाई बिस्थापित गरि राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो । कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरी न्यौपाने, जिल्ला सचिव सागर थापा, दिल बहादुर बल, शरणकाजी श्रेष्ठ , जोसेफ राई, मदन राना लगायतले बोलेका थिए। थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *