६ हजार १३५ पीसीआर गर्दा थप ७०८ जनामा कोरोना, कहाँ कति ?

डिसी नेपाल
१४ पुष २०७७ १६:३४

काठमाडौं। मंगलबार नेपालमा ६ हजार १३५ पीसीआर परिक्षण गर्दा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८४० पुगेको छ।

यस्तै हालसम्म ३६५ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख २१ हजार ३६७ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।

तथ्यांकः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *