एडप्याडले नेपाली पुरुष क्रिकेट टोलिको जर्सीमा आफ्नो लोगो प्रयोग गर्ने

डिसी नेपाल
१५ पुष २०७७ १४:५५

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले प्रायोजक पाएको छ । एडप्याड सञ्चार बजार ब्यवस्थापन गर्ने कम्पनी हो । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एएनएस ग्रुप अफ कम्पनीजका अध्यक्ष सुदिप थापासँग सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता १५ महिनाको लागि गरिएको नेपाल क्रिकेट संघले जनाएको छ । क्यानले एडप्याड प्रा.लि.ले पोशाकको प्रायोजक भएपछि दिने रकमबारे खुलाएको छैन् । एडप्याडले नेपाली पुरुष क्रिकेट टोलिको जर्सीमाथि आफ्नो लोगो प्रयोग गर्न पाउनेछ ।

सम्झौतापछि संघका अध्यक्ष चन्दले कठीन परिस्थितिका बावजूद यसप्रकारको सम्झौता हुनु क्रिकेट प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने बताए । नेपालमा क्रिकेटलाई ब्यवसायिक रुप दिन यसप्रकारको सम्झौताले महत्वपूर्ण योगदान पुग्ने प्रा.लि.का अध्यक्ष थापाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *