जीवन–मरणको छटपटीमा बलात्कृत ७ वर्षीया बालिकाः अस्पतालको बेवास्ता, रोकिएन रक्तस्राव

डिसी नेपाल
१६ पुष २०७७ ८:१४
440
Shares

रौतहट । अस्पतालभित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन्। बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन्।

गत सोमबार बलात्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परिवारले गुनासो गरेका छन्। ती अवोध बालिका चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन्। मंगलबारदेखि अस्पतालमा राखिएकी उनलाई सामान्यबाहेक उपचार हुन सकेको छैन। बालिकाको बिग्रिँदो अवस्थाले अभिभावक छटपटाइरहेका छन्।

सोमबार दिउँसो करिब १२ बजे रौतहटको चन्द्रपुर नगरपालिका–७ की बालिकालाई २२ वर्षीय दिनेश दास तत्माले बलात्कार गरी घाइते बनाएका थिए। पैसाको प्रलोभन देखाई उनलाई दासले घरनजिकै आम खोला किनारमा लगेर बलात्कार गरेका थिए। प्रहरीले ती बालिकालाई सोमबारै अस्पताल पु¥याएको थियो। त्यसदिन सामान्य उपचार गरी अस्पतालले घर पठाएको थियो।

घरमा उनको स्वास्थ्यमा थप समस्या आयो। अत्यधिक रक्तश्राव भयो। पुनः उपचारका लागि त्यही अस्पताल लगियो। तर, स्वास्थ्यकर्मीले उपचारमा ध्यान नदिएको अधिकारकर्मी र आफन्तले गुनासो गरेका छन्। घटना भएकै दिन अस्पताल पु¥याउँदा डा. जहुर राइनले प्राथमिक उपचार मात्रै गरेर घर पठाएको पीडित पक्षको भनाइ छ। मंगलबार पुनः अस्पताल पु¥याउँदा पनि वास्ता नगरेको गुनासो छ। धेरै अनुरोधपछि बालिकाको घाउमा टाँका लगाइएको अभिभावकले बताए।

बुधबार दिउँसोसम्म रक्तस्राव रोकिएको छैन। बालिका बोल्न डराउँछिन्। छेउमा बसेकी आमा छोरीलाई केही हुन्छ कि भन्ने चिन्तामा छिन्। बाबु अस्पतालबाहिर र भित्र गरेर छटपटाइरहेका छन्। बलात्कारजस्तो घटनाका पीडितलाई धेरै भीड हुने ठाउँमा राखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा फणि महतले लेखेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *