वर्तमान समस्याको निकास बीपीवाद

डिसी नेपाल
१६ पुष २०७७ १२:०१

लोकतन्त्रवादी देशभक्तहरुले आफ्नो देशको स्वाभिमान र अस्मितालाई सधैं आफ्नो जीवनको मूल्य मान्यता र आदर्श बनाएका हुन्छन् भन्ने एउटा दर्बिलो उदाहरण हो, बी.पी.को आदर्शपूर्ण जीवनकथा।

युगले जन्माएको एक महापुरुष, नेपाली लोकतान्त्रिक आन्दोलनका जननी, सिद्धान्त र बिचारका प्रणेता, समाजवादी चिन्तनका प्रबद्र्धक, नेपाली मनोवैज्ञानिक साहित्यका ध्रुवतारा, जनताका असली नायक, महामानव तथा अथक राजनेता श्री विश्वेश्वरप्रसाद कोइरालाज्यूले ठीक ४४ बर्षअगाडि (बि.सं. २०३३ साल पौष १६ गते) आजकै दिन लामो समयसम्मको आफ्नो निर्वासित जीवनलाई बिट मार्दै सहयात्री मित्र लौहपुरुष श्री गणेशमान सिंहज्यू लगायत अन्य सयौं साथीहरुको साथमा नेपाल प्रवेश गरी राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अवलम्बन गर्नु भएको दिन।

समयको चक्रसँगै यही ऐतिहासिक दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ। चारदशक आधासम्मको हाम्रो राजनीतिक यात्राको दौरानमा नेपाली राष्ट्रियता दिनानु दिन ज्यूँ का त्यूँ र जस्ताको तस्तै भन्दा पनि अझबढी कमजोर र तरल बन्दै गएको छ।

हामीसामु अहिले आदर्शका प्रतिक बी.पी. कोइराला र लौहपुरुष गणेशमान सिंहजस्ता देशभक्त, स्वाभिमानी र लोकतन्त्रप्रेमी नेताहरु हुनुहुन्न। केवल बाँकी छ त उहाँहरुले छोडेर जानुभएका असल कर्महरु र अंमर बाणीहरु, सिद्धान्त र आदर्शप्रतिको निष्ठा, त्याग र समर्पणले भरिएको जीवन गाथा अनि राष्ट्र र राष्ट्रियतामाथिको ईमान र लोकतन्त्रप्रतिको अविराम आस्था एवं समाजबादको गन्तब्यमा पुगिने नेपाली मौलिकताले सजिएको उज्ज्यालो मार्गचित्रसहितको ब्याख्या।

नेपालको अहिलेको समस्याले प्रमाणित गरेको कुरा भनेको कम्युनिष्टहरु देश, लोकतन्त्र र जनताहरु प्रति बफादार हुदैनन् भन्ने नै हो। सत्ता प्राप्तिको लागि जो सुकैसँग र जस्तोसुकै अबस्थाहरुमा पनि सम्झौता गर्दछन् र त्यसको प्राप्तिपछि बिगतको सम्झौतालाई कुल्चदै अगाडि बढ्दछन्, साथै राज्यका आधारभूत स्तम्भहरुलाई कमजोर बनाउँदै सर्बसत्ताबादी सोच र अधिनायकबादी चरित्रका साथ हिड्न खोज्दछन्।

हाम्रो नेपाली राजनीतिका एक धरोहर, विश्वमा चिरपरिचित राजनेता र हामी सबैका प्रेरणाको श्रोत एवं लोकतन्त्रका हिमायती नेपाली समाजका प्राप्त आदरणीय वीर पुरुषहरुले इतिहासका कठिन ती दिनहरुमा नेपालको राष्ट्रियता र राष्ट्रको जगलाई अझ बलियो बनाउन लिएका साहसिक निर्णयहरुका बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ।

एउटा सत्य के हो भने? खासगरी, बी.पी. कोइरालाका अनुयायीहरु हामी कांग्रेसीहरुले हिजो प्रशस्त समय र अवसर पाउँदा पनि उहाँले देखाउनु भएको नेपालीपन, जीवन दर्शन र लोकतान्त्रिक मुल्य मान्यतालाई कार्यान्वयन गर्ने सम्बन्धमा जुन हदसम्मको अभ्यासका कोसिसहरु हुनु पर्दथ्यो त्यो नभएकै हो र त्यसमा यथेष्ट ध्यान नपुगेको नै हो। यो नै हाम्रो नेपाली राजनीतिको लागि दुर्भाग्य सावित भयो, हुँदैछ।

नेपालको राष्ट्रियताको सम्बन्धमा बी.पी. कोइरालाले अख्तियार गर्नु भएको राष्ट्रिय मेलमिलापको नीति, पटक पटकका अन्तर्वार्ताहरुमा उहाँबाट ब्यक्त धारणाहरु र स्पष्ट गर्नुभएको ब्याख्या भावना र मर्मलाई आजको यो ऐतिहासिक दिनमा अझ महत्वका साथ प्रभाबकारी ढंगबाट अगाडि बढाउन सक्नु समयको आवश्यकता हो। दूर दृष्टिकोणसहित बी.पी. कोइरालाले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, नेपालको सार्बभौमिकता एवं संप्रभुता, विधिको शासन र कानुनी राज्यका निम्ति स्वतन्त्र न्यायपालिका सँगै प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको आधारस्तम्भ र नेपाली एकताको प्रस्थान बिन्दु मान्नु भएको छ।

नेपाली जनताहरुको सात दशक लामो बिभिन्न किसिमका राजनीतिक संघर्ष र पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धीहरुको नासो लोकतान्त्रिक संविधानको रक्षाको साटो दुईतिहाइको हाराहारीमा सत्तासिन कम्युनिष्ट पार्टीका नेताहरु र सत्ताका नायकहरु एकपछि अर्को समस्या नै समस्याहरुको भुमरीमा मुलुकलाई लैजादै छन् र व्यवस्थालाई फिक्का बनाउने अनर्गल प्रचारहरु गर्न तल्लीन छन्।

नेपालको राजनीति र लोकतान्त्रिक यात्राको शुरुवाती क्रममा बी.पी. कोइरालाको नेतृत्वमा उहाँका समकालीनहरुको संलग्नतामा रोपिइएको लोकतन्त्ररुपी बृक्ष नेपालमा हुर्कँदै छ, तर यसका लागि आबश्यक पर्ने मलजल र रेखदेखको निम्ति उपयुक्त पात्र (माली) को अभाबमा निरस र फलबिहिन हुन पुगेको तितो यथार्थलाई यहाँनेर उजागर गर्नु बाञ्छनीय ठानेको छु।

नेपालको राजनीतिक घटनाक्रमको यो सत्य बस्तुस्थितिलाई गहिरिएर मनन् गरी बी.पीबादको वरिपरि नै आजको नेपाली राष्ट्रियता, एक आपसमा एकता साथै सद्भाव र राष्ट्रिय मेलमिलाप खोजिनु पर्दछ।

संसारभरको लोकतान्त्रिक आन्दोलन र समाजबादी चिन्तक नेताहरुका लागि स्वयं बी.पी. उदाहरणको पात्र र प्रतिक हुनुहुन्छ। उहाँको समाजबादी दर्शनलाई धेरैले आत्मासाथ गरेका छन्। आजको नेपालको राजनीतिक इतिहासमा बी.पी. कोइरालाको महत्व र अपरिहार्यता झनझन् खड्किँदै गएको छ।

संघर्ष र आन्दोलनको अप्ठ्यारो मार्गमा समेत आफ्ना ब्यक्तिगत समस्या र आकांक्षालाई एकातिर पन्छाई देश र जनताको हितमा सुझबुझ र बिबेकपूर्ण निर्णय गर्नसक्ने क्षमताको भरिपूर्णताले नै बी.पी. कोइराला नेपाली जनताहरुको माझ संधै परिचित र लोकप्रिय हुनुहुन्छ। उहाँले देखाउनु भएको एकताको बाटो युगौ युगसम्म हामी नेपालीहरु र मुलुकको निम्ति मार्गदर्शन भई चम्किरहने छ।

हिमालय पर्वतमा आफ्नो शरीरमा भएको नाभीबाट निस्केको वास्नाको खोजिमा भौतारिएको कस्तुरीको जस्तो हालतमा जिउँन आज हामी नेपालीहरु बाध्य पारिएका छौं।

बी.पी. कोइराला र उहाँका समकालीन नेपाली राजनितिज्ञमा ब्याप्त क्षमता, कुटनीतिक चातुर्यता र दुरदर्शीताको परिणाम नै आज हाम्रो यात्रा यहाँसम्म आइपुगेका छ। हिजोको इतिहासको यथार्थता र तितो सत्यलाई आत्मासाथ गर्न नसक्दा नै हामी एकपछि अर्को अल्झनहरुको दलदलमा फसेका छौं र फसिरहने छौं।

यी घटनाक्रमहरुलाई एकएक गरी केलाउनु आजको नेपाल र नेपाली राजनीतिको लागि अपरिहार्य सर्त हो। सँगै स्वतन्त्र राज्य बनेको भारत र पाकिस्तान अनि सन् १९७१ ताका पूर्वी पाकिस्तानबाट नयाँ देश बनेको बंगालादेशको अबस्था आज कस्तो र कहाँ छ र हामीचाहि कहिल्यै परचक्रीको सामु नझुकेको सधैं अटल, अंमर, स्वतन्त्रता र बीरताको गाथा बोकेको मुलुकको हालत संधै किन यस्तो ? अब यी बिषयहरुमा गहन बहस, छलफल र विचार बिमर्शहरु गर्ने कि सबै समस्याहरुको जड आफ्नो स्वभाब र चरित्रको अलवा उनीहरुलाई नै लगाउँने?

मैले माथि नै उल्लेख गरेको छु। बी.पी. बादकै वरिपरि रहेर हामी नेपालीहरुले बर्तमान नेपालको राजनीतिक समस्यालाई निकास दिई अगाडि बढ्न सक्नुपर्दछ। नेपाली राष्ट्रियता, नेपाली मौलिकता, सबै जातजातिका धर्म, संस्कृति र परम्पराहरु साथै अनेकौं बिबिधता एवं नेपाली लोकतन्त्रको अभ्यास नेपाल आमाकै सन्तान बी.पी. कोइरालाले गर्नुभएको ब्याख्या अनुरुप हुनुपर्दछ।

हाम्रो राजनीतिक अस्थिरताको मुख्य कारक र करणी दोषी अरु कोही होइन, हामी आफूभित्र निहित स्वार्थको कुण्ठामा जमेको असक्षमता र अकर्मण्यता नै हो। नेपाली जनताहरुको सात दशक लामो बिभिन्न किसिमका राजनीतिक संघर्ष र पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धीहरुको नासो लोकतान्त्रिक संविधानको रक्षाको साटो दुईतिहाइको हाराहारीमा सत्तासिन कम्युनिष्ट पार्टीका नेताहरु र सत्ताका नायकहरु एकपछि अर्को समस्या नै समस्याहरुको भुमरीमा मुलुकलाई लैजादै छन् र व्यवस्थालाई फिक्का बनाउने अनर्गल प्रचारहरु गर्न तल्लीन छन्।

नेपालको अहिलेको समस्याले प्रमाणित गरेको कुरा भनेको कम्युनिष्टहरु देश, लोकतन्त्र र जनताहरु प्रति बफादार हुदैनन् भन्ने नै हो। सत्ता प्राप्तिको लागि जो सुकैसंग र जस्तोसुकै अबस्थाहरुमा पनि सम्झौता गर्दछन् र त्यसको प्राप्तिपछि बिगतको सम्झौतालाई कुल्चदै अगाडि बढ्दछन्, साथै राज्यका आधारभूत स्तम्भहरुलाई कमजोर बनाउँदै सर्बसत्ताबादी सोच र अधिनायकबादी चरित्रका साथ हिड्न खोज्दछन्।

हिमालय पर्वतमा आफ्नो शरीरमा भएको नाभीबाट निस्केको वास्नाको खोजिमा भौतारिएको कस्तुरीको जस्तो हालतमा जिउँन आज हामी नेपालीहरु बाध्य पारिएका छौं।

कम्युनिष्टहरु बिधिलाई प्रधान मान्न जान्दैनन्। उनीहरु प्रशिक्षणबाट हुर्कँदैमा खराब नियति पाल्दै हुर्केका हुन्छन्, त्यसैले त उनीहरु यति क्रुर हुन्छन् कि संगैको साथीलाई पनि छिनभरमै साथ दिन छोड्दछन्। यो हाम्रो देशको कम्युनिष्टहरुको पनि आदर्श नै हो।

अहिले बितेको हप्तादिनको उनीहरुको अभिब्यक्तिहरुबाट पनि यो बिषय प्रमाणित हुन्छ। यस्ता प्रबृत्तिका कम्युनिष्टहरु हाबी भएको नेपालको बर्तमान परिवेशमा नेपाली कांग्रेसले लोकतन्त्रको अभिभावकको भुमिका निर्वाह गर्न बी.पी. बादको आधारलाई केन्द्रमा राखी सबैलाई एकताको सूत्रमा अगाडि लैजान कुनै कसर बाँकी राख्नु हुँदैन।

अन्तमा, बी.पी. कोइरालाको राजनीतिक जिवनीबाट शिक्षा लिंदै हामी सबै एकै ठाउँमा एकाकार भई देशलाई बन्धक बनाउने दुष्चक्रबाट बाहिर निस्कनु पर्दछ। हरेक समस्यालाई वार्ताबाट निकास दिन सकिन्छ। हाम्रो अहिलेको मिलन बिन्दु भनेको हामीले प्राप्त गरेको लोकतान्त्रिक संबिधानको रक्षा र संबैधानिक अभ्यास नै हो।

बी.पीले आफ्नोसामु रहेको मृत्यु र फाँसीको सजाय र आफ्नो जीवनको कुनै परवाह नगरी यत्रा धेरै समस्या नै समस्याहरुको चाङै चाङका बाबजुँद पनि नेपाली राष्ट्रियताको जगेर्ना र लोकतान्त्रिक आन्दोलनको बांकी काम स्वदेश फर्की पूरा गर्ने जुन अठोट, साहस र आँटका साथ राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल आउनुभयो, हो यहीबाट प्रेरणा लिएर अगाडि बढ्नु आजको आवश्यकता हो।
जय नेपाल

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *