पाकिस्तानले बनायो नयाँ लडाकु विमान, भारतको राफेलसँग तुलना
इस्लामावाद (एजेन्सी)। दक्षिण एशियाली मुलुक पाकिस्तानले आफ्नो वायु सेनामा एक नयाँ लडाकु विमानलाई समावेस गरेको छ। जेएफ–१७ थण्डर ब्लक थ्री नामको घरेलु लडाकु विमान पाकिस्तानी वायु सेनामा समावेस गरिएको हो।
यो लडाकु विमान पाकिस्तानी वायु सेनामा समावेस भएसँगै भारतले फ्रान्सबाट खरिद गरेको राफेलसँग तुलना शुरु भएको छ। भारत र पाकिस्तान चिरप्रतिद्वान्द्वी मुलुक हुन्। यी दुई देशबीच हतियारको होडवाजी जारी रहने गर्छ। कुनै एक मुलुकले आफ्नो सैन्य क्षमता बढाए अर्को मुलुकले पनि आफ्नो क्षमता बढाउने गरेका छन्।
भारतले गत वर्षमात्र फ्रान्सबाट अत्याधुनिक राफेल विमान खरिद गरेको थियो। राफेल भारतीय वायु सेनामा समावेस भएपछि भारतले आफ्नो वायु सेनाको क्षमता निकै बढेको प्रचार गर्दै आएको छ। अब उसको प्रतिद्वन्द्वी पाकिस्तानले पनि चौथो जेनेरेशन दावी गरिको जेएफ–१७ थण्डर ब्लक थ्री लडाकु विमान बनाएको हो।
यो विमान चिनियाँ प्रविधिमा पाकिस्तानले आफै उत्पादन गर्ने जनाइएको छ। मल्टीरोल हल्का यो विमानले हावाबाट जमीनमा र हावाबाट हावामा टार्गेटलाई मार हान्ने सक्ने बताइएको छ। यो विमानमा अत्याधुनिक मिसाइलसमेत जडान गर्न सकिने बताइएको छ। यो विमान पनि राफेलमा प्रयोग हुने मिसाइल जाडन गर्न सकिने बताइएको छ।
यो विमानले दुश्मनको विमानलाई पिछा गर्न सहज हुनेसमेत दावी गरिएको छ। भारतको राफेल पनि यस्तै क्षमता युक्त विमान भएको दावी गरिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment