जापानमा अनुमति बेगर कोरोनाको भ्याक्सिनको प्रयोग

डिसी नेपाल
१८ पुष २०७७ १७:२८
132
Shares

टोकियो। चीनमा निर्मित कोरोना भाइरस बिरुद्धको खोप भ्याक्सिनले जापानमा अनुमति पाएको छैन। जापानमा हालसम्म कुनै पनि भ्याक्सिनले अनुमति पाएको छैन। तर चीनमा बनेको भ्याक्सिन भने ,जापानका उच्च घराना र व्यापारीहरुले ,लुकाएर लगाइसकेको खुलासा भएको छ।

जापानमा प्रकाशित हुने सञ्चार माध्यम माइनिची सिम्बुन्का अनुसार गत नोभेम्वर महिनादेखि नै उच्च घरानाका व्यक्तिहरुले चिनियाँ भ्याक्सिन लगाएका हुन्।यसरी चिनियाँ भ्याक्सिन लगाउनेमा जापानी धनाढ्य व्यक्तिहरु, ठूला बहुप्रतिष्ठित कम्पनीका मालिक लगायत रहेको समाचारमा उल्लेख छ।

गत डिसेम्बर १२ तारिख जापानको एक प्रतिष्ठित आईटी कम्पनीका प्रमुखले उक्त भ्याक्सिन लगाउन सिनागावा टोकियोमा रहेको क्लिनिक भ्रमण गरेको जनाइएको छ।

भ्याक्सिन लागाउने र मगाउने कार्यमा चिनियाँ व्यक्तिहरु नै संलग्न रहेको दावी छ। भ्याक्सिन लगाउँदा पाखुरामा सामान्य दुखाई बाहेक अन्य नकारात्मक असर केही नहुने दाबी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *