२० दिनसम्म आमाको शव घरमै राखेर जब बच्चाहरुले भगवानले आत्म फेरि फर्काउने आश गरे

डिसी नेपाल
१८ पुष २०७७ १९:१२

नयाँ दिल्ली (एजेन्सी)। भारतको तमिलनाडु राज्यको डिंडीगुलमा एक हृदयविदारक घटना भएको सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार एक मृत महिलाका दुई बच्चाहरु २० दिनदेखि आमाको आत्म भगवानले फेरि फर्काइदिने आशमा बसेको घटना सार्वजनिक भएको हो।

समाचार अनुसार तमिलनाडु प्रहरीको हेड कंस्टेबल ती महिलालाई मिर्गौलाको समस्या थियो। त्यसैले उनले प्रहरी सेवाबाट अवकास लिने निवेदनसमेत दिएकी थिइन्। तर स्वीकृत भइसकेको थिएन। लामो समय ती महिला प्रहरी चौकीमा नआएपछि एक महिला प्रहरी ती महिलाको घर गइन्।

घरमा पुगेर उनले ती महिलाबारे जानकारी मागिन्। उनका दुई बच्चाले आफ्नी आमा सुतिरहेको बताए। तर, त्यहाँ निकै गन्ध आइरहेको थियो। १३ वर्षीय र ९ वर्षीय बालकले आमालाई नउठाउन भनेका थिए।

त्यसपछि ती महिला प्रहरीलाई शंका लागेर प्रहरीलाई सूचना गरिन्। प्रहरी त्यहाँ पुग्दा ती महिला करिब २० दिन अगाडि नै मरिसकेकी खुलासा भयो। ती मृतक महिलाकी बहिनी र एक पुजारीले पूजा गरे भगवानले आत्म फेरिक फर्काइने भन्दै शवको पूजा गरिरहेकोसमेत प्रहरीले जनाएको छ। प्रहरीले मृतककी बहिनी र पुजारीलाई हिरासतमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *