अलीबाबाका संस्थापक ज्याक माले २ महिनामा गुमाए १२८ हजार करोड रुपैयाँ

डिसी नेपाल
१८ पुष २०७७ २१:२८

बेइजिङ (एजेन्सी)। चिनियाँ धनाढ्या ज्याक माले पछिल्लो २ महिनामा करिब ११ अर्ब डलर गुमाएको बताइएको छ। यो रकम नेपालीमा करिब १२८ हजार करोड हुन्छ। ज्याक माको सम्पत्ति नोभेम्बरसम्मा ६१.७ अर्ब डलर पुगको थियो। तर ब्लूमबर्ग मिलेनियर्सका अनुसार हाल उनको सम्पत्ति ५०.९ अर्बमा झरेको छ।

अलीबाबा चीनको एक ठूलो कम्पनी हो। नोभेम्बरसम्म कम्पनीले राम्रो कमाई पनि गरिरहेको थियो। ज्याक मालाई सबैभन्दा धेरै तनाव उनको एक डिलले दिएको हो। जो बीचमै रोकियो। उनको कम्पनीले ग्रुपो होर्मिगा कम्पनीको आईपीओ किन्ने तयारी गरेका थिए। तर शांघाई र हङकङ स्टक एक्सचेन्जमा यो आईपीओ आएन।

यो आईपीओलाई इतिहासकै सबैभन्दा ठूलो आईपीओ भनिएको थियो। डिजिटल फाइनेन्समा चीनको परिवर्तिन नियमका कारण यो आईपीओ रोकियो। जसका कारण ज्याक मालाई झट्का लागेको हो।

चीनमा पछिल्लो समय डिजिटल फाइनेन्समा कडा नियमहरु बनाइएको छ। जसका कारण अलीबाबाको सबैभन्दा सफल कम्पनी अलीपे समेत समस्यामा परेको छ। ज्याक माले चिनियाँ नेतृत्वको आलोचनासमेत गर्दै आएका थिए।

चीन सरकार ज्याक मालाई नियन्त्रण गर्न चाहिरेको बताइन्छ, त्यसैले पनि नियम कडा पारिएको बताइन्छ। तर, यो नियममा भएको परिवर्तनले चीनमा अन्य डिजिटल कारोबारीलाईसमेत समस्या भएको बताइएको छ। केही दिन पहिला चीन सरकारले अलीबाबाको मानोपोलीमाथि छानविन गर्ने निर्णय गरेको बताइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *