‘अम्रेला स्ट्रिट’ रहेन अब
तस्वीर : फुर्पा शेर्पा
काठमाडौं। काठमाडौं को न्यूरोडमा रहेको ‘अम्रेला स्ट्रिट’ अब नरहने भएको छ। मान्छेको अस्वभाविक भिडभाड बढ्न थालेपछि व्यवस्थापन गर्न अफ्ठेरो भएकोले छाताहरु सबै बन्द गर्न लागिएको संकटा क्लबका सचिव आशिषमान सिंहले जानकारी दिए।
‘व्यापार व्यवसाय कोभिडका कारण चौपट भएको थियो।’ उनले भने, ‘थलियको व्यपार व्यवसायलाई राहतको लागि योजना निर्माण गरियको थियो। तर, योजना पुरा नहुँदै थामी नसक्नु मान्छेको भिड हुन थाल्यो। अस्वभाविक भिड बढेपछि व्यवस्थापन गर्न निकै गाह्रो भयो। त्यसैले हामी अहिले छाताहरु बन्द गर्ने निर्णयमा पुगेका हौं।’
निर्माणाधिन धरहराका कारण पनि व्यावस्थापन गर्न गाह्रो भएको उनको तर्क छ। उनले धरहराको निर्माण अन्तिम चरणमा रहेकोले स्थिति सहज बन्ने भयपछि पुनः ‘अम्रेला स्ट्रिट’ नयाँ तरिकाले विस्तार हुने बताए।
गएको मंसिर अन्तिममा चिया गफमा बनेको योजनाले १० दिनमै पूर्णता पाएको थियो। पुस ९ गतेदेखि पुरा भएको ‘अम्रेला स्ट्रिट’ अस्वभाविक भिडभाड बढ्न थालेपछि १० दिनभित्रै बन्द गर्नुै पर्ने अवस्थामा पुगेको छ।
गएको मंसिरको अन्तिममा बनेको उक्त योजनामा स्थानीय व्यापारी, वडा सरकार र संकटा क्लवको संयूक्त लगानी रहेको थियो। करिव १ सय ५० मिटरमा फैलिएको ‘अम्रेला स्ट्रिट’मा ४ सय ३० वटा छाता राखिएका थिए। जसमा करिव ३ लाख रुपैयाँ लागत लागेको थियो।
छाताको सजावटसँगै निर्माण गरिएको छोटो समयमा नै न्यूरोडको टेबहाल गल्लि एकाएक भाइरल बन्न पुगेको थियो। निर्माण भयको दुई साता नबित्दै युवा युवतिको विशेष रोजाईको केन्द्र बनेको ‘अम्रेला स्ट्रिट’ बन्द हुने भयपछि सामाजिक सञ्जालमा भने आक्रोश समेत देखियको छ। सामाजिक सञ्जालमा युवा युवतिले ‘अम्रेला स्ट्रिट’ नहटाउन आग्रह गरेका छन्।
निर्माण गरेको छोटो समयमा प्रख्यात बनेको ‘अम्रेला स्ट्रिट’ले नेपालमा केही गर्न चाहानेका लागि ठुलो सन्देश दिएको छ। उक्त ठाउँका एक व्यपारीले भने ‘सानो लगानीमा पनि यहाँ दुई साताभित्र यहाँ करिव ८, ९ लाख मान्छेहरु घुम्न आए। उनीहरुले खाना, खाजा, सपिङ्ग लगायतका सेवाहरु उपभोग गर्दा म लगायत यहाँका व्यापारीहरु निकै खुशी छौं।’ उनले ‘अम्रेला स्ट्रिट’ ले नेपालमा गर्न चाहानेका लागि प्रेरणा प्रदान गरेको बताए।
No ads found for this position



Facebook Comment