६ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

डिसी नेपाल
२५ पुष २०७७ १७:२७

स्याङजा । ६ थान भरुवा बन्दुकसहित प्रहरीले शुक्रबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका ३ ईनासकोट बस्ने ४७ बर्षीय गोपाल कामी रहेका छन्।

उनको घरभित्र अवैध हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मल्याङकोट र प्रहरी चौकी चापाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुकहरु फेला पारी कामीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *