नशामा रहेका अष्ट्रेलियाली दर्शकले मोहम्मद सिराज र बुमराहलाई गाली गरे

डिसी नेपाल
२५ पुष २०७७ १८:०३
756
Shares

सिड्नी (एजेन्सी)। अष्ट्रेलिया र भारतबीच तेस्रो टेष्ट क्रिकेट अष्ट्रेलियाको सिड्नीमा जारी छ। शनिबार खेलको तेस्रो दिन समाप्त हुँदा अष्ट्रेलियाले भारतमाथि बलियो पकड बनाएको छ। पहिलो इनिंगमा ३३८ रन बनाएको अष्ट्रेलियाले दोस्रो इनिंगमा २ विकेट गुमाएर १०३ रन बनाएको छ।

उता भारत भने पहिलो इनिंगमा २४४ रनमा अलआउट भएको थियो। समग्रमा तेस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले १९७ रनको अग्रता बनाएको छ।

यहीबीचमा अष्ट्रेलियाली दर्शकले दुईजना भारतीय फास्ट बलरलाई गाली गरेको खुलासा भएको छ। भारतीय टिमका फास्ट बलर मोहम्मद सिराज र जसप्रित बुमराहलाई नशामा रहेका अष्ट्रेलियाली दर्शकले नस्लीय टिप्पणी र भद्दा गाली गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो विषयमा भारतीय टिमले अम्पायर समक्ष उजुरीसमेत गरेको बताइएको छ। विगत दुई दिन यता दर्शकलेसिराज र बुमराहलाई लगातार गाली गरेको जनाइएको छ। फिल्डमै भारतीय कप्तान अजिंक्य रहाणेले अम्पायरसँग यो विषयमा जानकारी गराइसकेका थिए।

४ टेष्टको सिरिजमा हाल दुबै टिम १–१ को बराबरीमा छन्। तेस्रो टेष्टमा अष्ट्रलिया बलियो देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *