पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

डिसी नेपाल
२७ पुष २०७७ ६:२८
236
Shares

दमाैली। तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *