हेल्प नेपाल नेटवर्क हेल्थ पोस्टलाई औषधि सहयोग

डिसी नेपाल
२७ पुष २०७७ ७:४८

काठमाडौं। परोपकारी संस्था हेल्प नेपाल नेटवर्क हेल्थ पोस्टलाई आवश्यक औषधि प्रदान गरिएको छ। दुर्गम हिमाली जिल्ला मुगुको रारामा अवस्थित हेल्प नेपाल नेटवर्क हेल्थ पोस्टलाई आवश्यक औषधि प्रदान गरिएको हो।

रारा घुम्न आएका आन्तरिक पर्यटकले हेल्थ पोस्टको अवस्था देखेपछि औषधि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। काठमाडौंका पञ्च महर्जनले आफूले गरेको प्रतिवद्धता अनुसार हेल्थ पोस्टलाई औषधि सहयोग गरेको यो दोस्रो पटक हो।

यसअघि पनि उनीहरुले हेल्थ पोस्टलाई औषधि सहयोग गरेको हेल्प नेपाल नेटवर्क हेल्थ पोस्टका अध्यक्ष विर्खबहादुर रोकायाले जानकारी दिए। महर्जनले हेल्थ पोस्टको अवस्था देखेपछि उनले औषधि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

अहिले महर्जनको पहलमा अस्पतालमा आवश्यक पर्ने औषधि पठाउने गरिएको छ। मुगुको रारामा विगत १९ वर्षदेखि हेल्प नेपाल नेटवर्कको हेल्थ पोस्ट संचालित छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *